हेटौंडा/नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई-मधेश द्रुुतमार्गको प्रगति सात वर्षमा ३५ प्रतिशत्मा सीमित भएको छ । २०७४ बैशाख १ गते नेपाल सरकार मन्त्रिपरिषद्को निणर्यअनुसार निर्माणको जिम्मा नेपाली सेनाले प्राप्त गरेको थियो ।
आयोजनाको विस्तृत आयोजना प्रतिवेदन डीपीआर २०७६ भदौ १ गते मन्त्रिपरिषद्ले स्वीकृत गरी काम सुरु गरिएको राष्ट्रिय गौरवको आयोजनाको प्रगति भने सुस्तगतिमा देखिएको हो । आयोजना निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्मको भौतिक प्रगति ३५ दशमलव ३८ प्रतिशत् रहेको नेपाली सेनाका सहायक रथी एवम् सूचना अधिकारी गौरवकुमार केसीले जानकारी दिए । काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ३६.६६ प्रतिशत् छ ।
पछिल्लो समय सेनाले निर्माणको काम दु्रतगतिमा गरिरहेको सडक आयोजनाका प्रमुख सहायक रथी विकास पोखरेलले जानकारी दिए । उनका अनुसार खोकना, बुदुने र निजगढमा टोलप्लाजा निर्माण हुनेछ । उनका अनुसार गत आवमा ५ वटा प्याकेजको खरिद सम्झौता सम्पन्न भइ कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । आयोजनाको समष्टीगत कार्ययोजनाअनुसार १३ निर्माण प्याकेजमध्ये दु्रतमार्गको ६ दशमलव ५ किलोमिटरदेखि ७० दशमलव ९६ किलोमिटरसम्मका प्याकेज-१ देखि ७, ८ (क), ८ (ख), ९ (क), ९ (ख) र १० गरी १२ प्याकेज निर्माणाधीन र कार्यान्वयनको अवस्थामा छ । खरिद प्रक्रिया बा“की रहेको प्याकेज-११ अन्र्तगत् पर्ने खोकनाको जिरो किलोमिटरदेखि ६ दशमलव ५ किलोमिटरमा सुरुङको विन्दु निर्धारण, सवारीआगमन व्यवस्थापन निणर्य र जग्गा अधिग्रहण सम्बन्धि समस्या समाधानपछि खरिद प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ ।
आयोजनाको समष्टीगत कार्ययोजना मुताबिकको ११ वटा क्लष्टरअन्तर्गत् १३ वटा निर्माण प्याकेजमध्ये १ देखि १० नम्बरसम्म प्याकेज निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिए । प्याकेज-११ अन्तर्गत् पर्ने खोकना-बुङमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धि समस्याका साथै मार्गको शुरु विन्दु र सवारीआवागमन व्यवस्थापन सम्बन्धमा निणर्य बा“की रहेकाले खरिद प्रक्रिया शुरु हुन बा“की रहेको नेपाली सेनाले जनाएको छ ।
आयोजनाअन्तर्गत् ६ वटा सुरुङमार्गको कुल लम्बाइ १० दशमलव ३ सय ९ किलोमिटर छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकअनुसार सुरुङमार्गको प्याकेज-१ अन्तर्गत् महादेवटार सुरुङको जम्मा लम्बाइ ३ हजार ३ सय ५५ मिटरमध्ये दाया“ टनेल ३ हजार ३ सय ३८ मिटरमध्ये २ हजार २ सय २८ मिटर अर्थात् ६८ प्रतिशत् खन्ने काम सम्पन्न भएको छ । बाया“ टनेल ३ हजार ३ सय २२ मिटरमध्ये २ हजार २० मिटर अर्थात् ६१ प्रतिशत् खन्ने काम सकिएको नेपाली सेनाले जनाएको छ ।
प्याकेज-२ अन्तर्गत् धेद्रे सुरुङमार्गको जम्मा लम्बाइ १ हजार ६ सय ९१ मिटरमध्ये बाया“ टनेलको १ हजार ७ सय २८ मध्ये १ हजार ६ सय ४२ अर्थात् ९५ प्रतिशत् खन्ने काम भएको छ भने निजगढबाट काठमाडौंतर्फ जाने दाया“ टनेल १ हजार ६ सय ५३ मिटर लामो सुरुङ ११ जेठमा छिचोलिएको थियो ।
प्याकेज-३ अन्तर्गत् मकवानपुरको बकैया र गढी गाउ“पालिकामा पर्ने लेनडा“डामा रहेको जोडी सुरुङ निजगढबाट काठमाडौंतर्फ जाने १ हजार ६ सय १२ मिटर लामो सुरुङमार्ग असारमा र काठमाडौंबाट निजगढतर्फ आउने १ हजार ६ सय ३३ मिटर लामो सुरुङ जेठमा छिचोलिसकेको थियो ।
प्याकेज-४ अन्र्तगत् एक हजार मिटर लम्बाइको देवीचौर सुरुङ र प्याकेज-५ अन्र्तगत् ३ सय ९० मिटर लम्बाइको सिसौटार सुरुङको खरिद सम्झौता सम्पन्न भइ डिजाइनको क्रममा रहेको नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्याकेज-६ अन्र्तगत् २ हजार २ सय ५० मिटरको चन्द्राम भीर सुरुङको पोर्टल तयारीको कार्य भइरहेको छ ।
८९ पुलमध्ये हालसम्म ८५ स्थानको ठेक्का व्यवस्थापन भइसकेको छ भने ४ स्थानको पुलको जग्गा अधिग्रहणको समस्या रहेको छ । ८१ मिटर उचाईंसम्म पुल रहेको जानकारी दि“दै सहायक रथी पोखरेलले निर्माणाधीन अधिकांश पुलको फाउण्डेसनको काम सकिएको बताए । हालसम्म ५ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ । हालसम्म निर्माणाधीन पुलको कुल २ हजार ८ सय २ वटा पाइलमध्ये १ हजार ७ सय ६० वटा पाइल खन्ने कार्य सम्पन्न भइसकेको छ ।
जग्गा अधिग्रहण, स्वीकृत वातावरण प्रभाव मूल्यांकन (ईआइए) तथा पूरक वातावरणीय प्रभाव मूल्यांकन (एसईआईए) बमोजिम आयोजना निर्माणका लागि जम्मा करिब १७ हजार ६ सय ५१ रोपनी जग्गा अधिग्रहण आवश्यकमध्ये व्यक्तिगत् जग्गा ५ हजार ४ सय ८७ रोपनी छ । हालसम्म ५ हजार २ सय ४ रोपनी व्यक्तिगत् जग्गा अधिग्रहणका लागि सूचना प्रकाशन भएकोमा ४ हजार ८ सय ११ रोपनी अधिग्रहण सम्पन्न भइसकेको र ३ सय ९४ रोपनी अधिग्रहण बा“की रहेको सेनाले जनाएको छ । अधिग्रहण बा“की उक्त जग्गामध्ये खोकना-बुङमती खण्डको मूल्य निर्धारण भइ मुआब्जा वितरण हुन बा“की २ सय ६ रोपनी, मूल्य निर्धारण हुन बा“की जग्गा १ सय ६५ रोपनीसहित करिब ३ सय ७१ रोपनी तथा मकवानपुरमा १६ रोपनी र काठमाडौंमा ४ रोपनी जग्गा अधिग्रहण बा“की छ ।
हालसम्म ३१ हजार ७ सय ४३ वटा रुख कटान भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस १२ गतेको निणर्यअनुसार कटान स्वीकृति पाएका विभिन्न प्रजातिका ४ हजार ३ सय ४५ रुखमध्ये हालसम्म ३ हजार ३ सय ३५ रुखकटान गरिएको छ । कटान गरिएका रुखको बदलामा हालसम्म ७ लाख ५ हजार ५ सय ५२ बिरुवा रोप्ने कार्य सम्पन्न भइसकेको नेपाली सेनाले वेवसाइटमार्फत् जानकारी दिएको हो ।
निर्माणका क्रममा रेखांकन अनुकूलन तथा परिमार्जित डिजाइनबमोजिम पूर्वनिर्धारित मार्गाधिकार भन्दाबाहिरको थप जग्गा अधिग्रहण तथा रुखकटानका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति गर्ने गरिएको उल्लेख छ । मार्गको २६ किलोमिटरदेखि ३५ किलोमिटरमा पर्ने महादेवटार, धेद्रे र लेनडा“डा खण्ड तथा ४९ किलोमिटरदेखि ७० किलोमिटरसम्म पर्ने राजदमार, बागदेव र निजगढ खण्डको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार २०८० पुस १२ गते जग्गा अधिग्रहण तथा रुखकटान स्वीकृति प्राप्त गरी कटान सम्पन्न भइ हस्तान्तरणको क्रममा रहेको सेनाले जनाएको छ ।
मार्गको ३५ किलोमिटरदेखि ४९ किलोमिटरसम्म पर्ने रानीसेरा तथा बुदुने खण्डको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०८१ बैशाख ७ गतेको वन तथा वातावरण मन्त्रालयको मन्त्रिस्तरको निणर्यबाट स्वीकृत भइ रुखकटान तथा जग्गा भोगाधिकार स्वीकृति प्रक्रियामा छ । मार्गको सबवेस निर्माण, बायो इञ्जिनियरिङ कार्य, रोडसाइड निर्माण, पर्खाल निर्माण, सेवा दिने सडक निर्माणलगायत कामहरु धमाधम भइरहेको छ ।
प्रस्थान विन्दु खोकना र अन्तिम विन्दु निजगढ रहेको मार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । २०७४ मा चार वर्षभित्र काम सक्ने गरी तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । आव २०८०/०८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा त्यो पूरा नहुने अवस्थामा पुगेपछि २०८३ सालसम्मको म्याद थपिएको हो । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि हाल लागत बढेर २ खर्ब ११ अर्ब ९३ करोड पुगेको छ । चीनका ६ वटा फरक कम्पनीलाई दिइएको ठेक्कामा नेपाली निर्माण व्यवसायीको समेत सहकार्य छ । मार्ग सम्पन्न भए तराईबाट काठमाडौंसम्मको ढुवानी ४ घण्टाले छोटिने र सामान ढुवानीमा हरेक वर्ष ५० अर्बभन्दा बढी बचत हुने अनुमान छ ।