- मनिता राना
बारा | मकवानपुर जोडिएको पर्सा राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुहरुका लागि पानीको समस्या देखिँदा निकुन्ज प्रशासनले निकै मेहनत गर्नुपरेको छ । निकुञ्जभित्र रहेका अधिकांश पानीका स्रोतहरु सुक्खा मौसममा सुक्ने भएपछि वन्यजन्तुहरुलाई समस्या नहोस् भन्ने हेतुले पिउने पानीको व्यवस्थापन मिलाउने गरिएको हो।
घाँसे मैदान र आहार प्रजातिका बन्यजन्तुहरुको संख्या बढ्दै जाँदा निकुञ्जले वन्यजन्तुका लागि ट्यांकरमा पानी ओसारेर पोखरीहरुमा राख्दै आउनु परेको छ। निकुञ्जभित्र प्राक्तिक तथा मानवनिर्मित पोखरी छन् । तर, सुक्खामा सिमसार क्षेपबाहेकका पोखरीहरु सुक्ने गरेको निकुञ्जले जनाएको छ।
सामान्यतया वर्सेनि पुसदेखि वैशाखसम्म निकुञ्जभित्र पानीको अभाव हुन्छ। तर, लगातारको सुक्खा मौसम, वनउँढेलोका कारण समस्या हुने देखिएको हो। ‘विगतका वर्षहरुमा पनि समस्या हुन्थ्यो । ट्याकरबाट पानी ओसारेर वन्यजन्तुले पानीबाने पोखरीमा पुन्याउने गर्दछौ, निकुञ्जका संरक्षण अधिकृत प्रवक्ता सन्तोष भगतले भने ।
बारा, पर्सा र मकवानपुर गरी ३ जिल्ला ओगटेकी पर्सा राष्ट्रिय निकुन्ज जुरेक्षेत्रको तल्लो तटीय भागमा पर्दछ । चुरेको माथिल्लो भेगमा जयाभावी उत्खनन्, मध्यवर्ती क्षेत्रभित्र मापदण्ड मिचेर दर्जनौ क्रसर तथा बालुवा उद्योग सञ्चालनमा रहेका कारण निकुञ्जभित्र प्राकृतिक पानीका स्रोतहरु बर्सेनि सुक्दै गएका हुन्। निकुञ्जले प्राकृतिक पानीको स्रोत रहेको हलखोरिया दह, कालीदहमा ड्याम लगाएर सिमसारको पानी जम्मा गरेको छ भने केही हिले पोखरी र मानवनिर्मित कृत्रिम पोखरीसमेत निर्माण गरिएको छ।
‘निकुञ्ज कार्यालयभित्र बोरिङ सुक्ने भएकाले हामीले पथलैयाबाट ट्यांकरमा पानी ओसारेर पोखरीहरुमा पुऱ्याउँदा कठिनाइ धेरै हुने गरेको छ,’ उनले भने-पानीको अभाव धेरै हुँदा प्रत्येक दिन बाघ, गौरीगाईलगायत वन्यजन्तु सजिलै देख्न पाइन्छ । पानीको अभाव हुँदा वन्यजन्तुहरु वासस्थान क्षेत्र भन्दा बाहिर निस्किने गर्दछन्।
भगतका अनुसार गत आवमा बापका लागि पानीका ६ वटा नयाँ पोखरी बनाइँदा १० वटा पोखरी मर्मत गरिएको थिए। यप २ सय हेक्टरमा घाँसे मैदान बिस्तार गरिएका छन्। घाँसे मैदान र आहार प्रजातिका बन्यजन्तुको संख्या बढ्दै जाँदा सन् २०२२ को गणना पर्सा राष्ट्रिय निकुञ्जमा बाध संख्या दोब्बर भन्दा बढीले बढेर ४१ वटा पुगेको छ। सन् २०१८ को गणनामा १८ बाट बढेर ४१ पुगेको हो । वातावरण अनुकूल भए पनि पानीको समस्या भएको भगतने जनाएका छन् ।
निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ, रैथाने हात्ती, एकसिंगे गैंडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नीलगाई, गौरीगाईलगायत जनावर छन्। विगतमा पानीको मुख्य समस्या देखिएको निकुञ्जभित्र सहन उपलब्धतासँगै पाटेबाघसहित बनजन्तुको संख्यासमेत वृद्धि भएको छ। निकुञ्जले गरेको सन् २०२२ को बाघ गणनाअनुसार निकुञ्जमा पाटेवाधको संख्या ४१ पुगेको छ। निकुञ्जले निर्माण गरेको कृत्रिम पोखरीमा पानीको सहज उपलब्धताका कारण पछिल्लो समय वन्यजन्तुको संख्या बढेको हो ।
पछिल्लो समय पर्सा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ। नेपालमा
पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको निकुञ्ज पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पर्यटकीय सम्भावना र पूर्वाधार विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औ निकुञ्जका रुपमा घोषणा गरेको थियो। निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकका लागि खुला गरिएको छ।
पाकृतिक सुन्दरतासँगै वन्यजन्तु संरक्षण गर्न सकिने जैविक विविधताको धनी मानिएको निकुञ्जमा आन्तरिकसँगै छिमेकी मुलुक भार तका पर्यटक आउने क्रम बढेको निकुञ्ज प्रशासनले जनाएको छ। ‘विगतको भन्दा हाल निकुञ्जमा आन्तरिक तथा छिमेकी मुलुक भारतका पर्यटक बडेका छन्, निकुञ्जका सूचना अधिकारी भगतले भने- वाह्यभन्दा आन्तरिक पर्यटक धेरै आउने गरेका छन्।
उनका अनुसार आर्थिक वर्ष २०७८ ०७९ मा नेपाली र विदेशी गरी ७ सय ७७ पर्यटकले निकुञ्ज अवलोकन भ्रमण गरेका थिए। सूबना अधिकारी भगतका अनुसार आव २०७८/०७९ मा ७ सय ६९ नेपाली र ८ विदेशी पर्यटक निकुञ्ज भित्रिएका थिए। उक्त आवमा वनक्षेत्र, प्रशासनिक, दण्ड जरिवाना, पर्यटकलगायत शीर्षकबाट ८८ लाख ४६ हजार ६ सय ७९ राजस्व संकलन भएको जनाइएको छ। निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिकस्थल छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दहलगायत प्राकृक्तिक तथा मनोरम दह पर्यटकका प्रमुख आकर्षणका केन्द्र बनेका छन् । यसका साथै निकुञ्जभित्रका दुर्लभ बन्यजन्तु र बराचुरुंगीको बाक्लो उपस्थितिले पर्यटकलाई लोभ्याइरहन्छ ।
निकुञ्ज घुम्न आउने पर्यटकको अवलोकन र घुमफिरका नागि निकुञ्जको जंगलभित्र एक दर्जन दृष्यावलोकन स्तम्भसमेत बनाइएको छ । पर्यटकलाई जंगल सफारी गर्न निकुञ्जको हातीसारमा एक दर्जन हात्ती राखिएका छन् । हात्तीमा जंगल सफारी गर्न नचाहने पर्यटकले निजी सवारीसाधनमा जंगल सफारी गर्नसक्ने व्यवस्था मिलाइएको छ।
निकुञ्जलाई मधेश प्रदेशकै पर्यटकीय गन्तव्य बनाउन निकुञ्ज कार्यालयले पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै निकुञ्जको प्रचारप्रसारलाई प्राथमिकतामा राखेको जनाएको छ। निकुब्ज भ्रमणमा आउने पाहुनाको स्वागतका लागि मध्यवर्ती क्षेत्रमा सुनाखरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । त्यसले यहाँ आउने पाहुनालाई मिठो आतिथ्यसँगै स्वादिलो भोजन र गीतसंगीतले मनोरञ्जन प्रदान गर्ने गरेको छ।
निकुञ्जको क्षेत्रफल ४ सय ९९ वर्ग किमी छ। १९८४ मा जंगली हात्तीको बासस्थान संरक्षण गर्ने हेतुले आरक्षका रुपमा निकुञ्ज स्थापना गरिएको हो। यसले ७ सय ५० मिटरदेखि ९ सय ५० मिटरसम्म चुरे पहाड क्षेत्र ओगटेको छ। यसको हावापानी उष्ण प्रदेशीय प्रकारको छ।
पहाँ चुरे पहाडको माथिल्लो भागमा सल्लो र होचो भागमा चयर, सिसौ, सालका जंगल छन्। चुरे पहाडको दक्षिणपट्टिको भेगमा घाँसे मैदान छ। यहाँ करिब ३ सय प्रजातिका बरा पाइन्छन्। तीमध्ये मयुर, धनेश, मैना आदि पर्दछन् । विभिन्न घसने जनावरहरु जस्तै कोद्रा, करेत, अजिंगर आदि पनि यहाँ पाइन्छन् ।