30.4 C
Makwānpur
Homeमकवानपुर विशेषमकवानपुरगढीगढी गाउँपालिकामा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
spot_img

गढी गाउँपालिकामा एसईई उत्कृष्ट विद्यार्थी सम्मान

spot_img

हेटौँडा | गढी गाउँपालिकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आयोजना गरेको २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका ९ वटा विद्यालयबाट ४८ जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज विजय गौतमको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारको आलोचना गर्दै सुशासन विरोधी भएको बताए। उनले प्रचण्ड सरकारको तुलनामा वर्तमान ओली सरकारले सुशासनको धज्जी उडाएको आरोप लगाए।

- Advertisement - Ad Banner

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, पार्टी नेताहरू र शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। अखिल क्रान्तिकारी गढी गाउँ कमिटीकी अध्यक्ष कल्पना दर्लामी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुजन सिलवालले गरेका थिए।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि