22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभरतपुरको बजेट ५ अर्ब १९ करोड
spot_img

भरतपुरको बजेट ५ अर्ब १९ करोड

spot_img

हेटौंडा/बागमती प्रदेशअन्तर्गत् नेपालको मध्य भुभागमा रहेको देशको चौथौ ठूलो सहर भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोडको बजेट ल्याएको छ । चालु आवका लागि ६ अर्ब ४६ करोड बजेट ल्याएको महानगरले आगामी वर्षका लागि भने ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपिया“को बजेट ल्याएको हो ।

महानगरको १७ आंै नगरसभामा नगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उपप्रमुख चित्रसेन अधिकारीले आइतबार बजेट प्रस्तुत गरेका हुन् । बजेटमा आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख २५ हजार, संघ राजस्व बा“डफा“टबाट ३१ करोड ९१ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट १४ करोड ४ लाख, जनसहभागिता/श्रमदानबाट ५ करोड, बैंक मौज्दात ७० करोड र सडक बोर्डबाट ३ करोड रुपिया“ प्राप्त हुने प्रक्षेपण गरिएको छ । महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशालाका लागि ४ करोड विनियोजन गरेको छ ।

- Advertisement - Ad Banner

चालु आर्थिक वर्षमा जेठ मसान्तसम्म पँुजीगत्‌तर्फ ३८ प्रतिशत् र चालुतर्फ ६९ प्रतिशत् गरी समग्रमा कुल ५३ प्रतिशत् हाराहारी बजेट खर्च भएको नगरसभामा उपमेयर अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि आन्तरिक आय चालु आर्थिक वर्षको अनुमानजस्तै १ अर्ब ८० करोड रहने छ । वडास्तरीय आयोजनाहरुमा न्यूनतम् ३ करोड २१ लाख र अधिकतम् ३ करोड ४० लाखको सिलिङ राखेर ९४ करोड ७८ लाख ७९ हजार बजेट विनियोजन गरेको छ । सहरी पूर्वाधारतर्फको बजेट १४ करोड र महानगरपालिकामा तयार भएका पूर्वाधारको वृत्तचित्र बनाउन ३० लाख, शिक्षातर्फ १० करोड ५० लाख र कृषितर्फ ९ करोड बजेट विनियोजन गरिएको छ । सहरभित्रका सडक नियमित मर्मतसम्भारतर्फ थप ४ करोड र स्वास्थ्य सेवातर्फको बजेट ३ करोड छ ।

बजेटले अधुरा तथा क्रमागत् आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको उपप्रमुख अधिकारीले बताए । बजेटले सहरी पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । अधुरा तथा क्रमागत् आयोजना सम्पन्न गर्न ६० करोड, बहुवर्षीय ठेक्काको रकम भुक्तानीका लागि २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि ९ करोड विनियोजन गरिएको छ ।

स्वास्थ्य र गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख, स्वास्थ्य सेवातर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरंग टिकटसहित स्वास्थ्य सेवा सुधारका लागि ३ करोड बढी बजेट विनियोजन गरिएको छ । ‘छोरीहरुका लागि बालउमंग जीवन विमा’, खेलकुद क्षेत्रको विकास, उद्यमशीलता र रोजगारी सिर्जना, वातावरण सरसफाइ, खानेपानी निःशुल्क, सरसफाइ र हरियाली प्रवद्र्धन जस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर काम गरिएको उपप्रमुख अधिकारीले बताए । भरतपुरले चालु आर्थिक वर्षको पुँजीगत् खर्च ३४ प्रतिशत् र चालु खर्च ५८ प्रतिशत्‌मात्र भएको जानकारी दिएको छ । गत वर्ष सोही अवधिमा पुँजीगत् खर्च २९ प्रतिशत् र चालु खर्च ५७ प्रतिशत् थियो । बैशाखसम्म चालु आवको संशोधित पुँजीगत् खर्चका लागि विनियोजन गरिएको २ अर्ब ७२ करोड ४७ लाख ८० हजारको ३४ प्रतिशत्‌मात्र पुँजीगत् र २ अर्ब ७३ करोड ५२ लाख ६२ हजार ९ सयको ५८ प्रतिशत् चालु खर्च भएको हो ।

महानगरपालिकाले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोड राजस्व उठाउने लक्ष्य लिएकोमा बैशाखसम्म ९९ करोड ८४ लाख ५८ हजार ४ सय ४२ राजस्व संकलन गरेको छ । बाँकी २ महिनामा ५० करोड राजस्व संकलनको लक्ष्यसाथ काम भइरहेको महानगरले जानकारी दिएको छ ।

नगरसभामा मेयर दाहालले नीति तथा कार्यक्रम पेस गरेकी छन् । नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी भवनहरुमा हरित छत कार्यक्रम सुरु गर्ने र छतमा जस्तापाता लगाउने कार्य निरुत्साहित गर्ने उल्लेख छ । निजी घरजग्गामा सःशुल्क पार्किङ सुरु गर्न निजी क्षेत्रलाई अनुमति दिने नीति राखिएको छ । नगरको फोहोरमैला व्यवस्थापनका लागि आधुनिक पूर्वाधारसहित ल्यान्डफिलसाइट निर्माण सार्वजनिक–निजी साझेदारी मोडेलअनुसार अगाडि बढाउने नीति तथा कार्यक्रममा समेटिएको छ । महानगरपालिकाभित्र दैनिक उत्पादन हुने करिब ८० टन फोहोर संकलन गरेर गत वर्षसम्म नारायणी नदीकिनारमा लगेर पुर्ने गरिन्थ्यो भने हाल अन्तर्राष्ट्रिय महत्वको जैविक मार्ग बरण्डाभार जंगलमा डम्पिङ गर्ने गरिएको छ ।

२०७१ मंसिर १३ गते नेपालको मन्त्रिपरिषद्अन्तर्गत् सामाजिक समितिले ७ नगरलाई उपमहानगर बनाउने सिफारिस गरेअनुरुप सरकारको निर्णयबमोजिम २०७१ पुस २८ गते भरतपुर नगरपालिकाबाट उपमहानगरमा स्तरोन्नति भएको थियो । नेपालको संविधानअनुसार स्थानीय सरकार गठनपछि २०७३ फागुन २७ गते भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरेपछि हाल महानगरपालिकामा २९ वटा वडा छन् ।

भरतपुरको जनसंख्या २०७८ को जनगणनाअनुसार ३ लाख ६९ हजार २ सय ६८ छ । उक्त सहर ४३२.९५ वर्गकिलोमिटरमा फैलिएको छ । त्यहा“को साक्षरता दर ८७.२० प्रतिशत् छ । जसमध्ये महिला साक्षरता दर ८२.६४ प्रतिशत् छ भने पुरुष साक्षरता दर ९२.१२ प्रतिशत् छ । त्यहा“ ९६ हजार ५ सय ९१ घरघुरी छन् । सानो नाकाको रुपमा रहेको भरतपुरको विकासमा २०१२ मा तत्कालीन सरकारद्वारा ल्याइएको ॅराप्ती दुन विकास योजना’ ले बस्ती बसाउने कार्य थालनी भएको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि