24.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानिष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने
spot_img

निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने

spot_img

हेटौंडा/थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्टको २६ औं स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । मकवानपुरको हेटौंडामा रुपचन्द्र बिष्ट स्मारक समिति र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीलाई रुपचन्द्र/थाहा/जनमुखी अभियानबारे प्रशिक्षण दिइएको छ । मान्छेमा चेतना जगाउने अभियानका संस्थापक अभियन्ता बिष्टको स्मृतिमा स्मारक समितिले वार्षिक कार्यक्रम गर्दै आएको छ । रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित बिष्टले २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए । ॅछोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नारासाथ बिष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो । राष्ट्रिय पञ्चायतका सदस्य बनेका उनी किसान र मजदुरको पक्षमा राजनीति गर्ने नेताका रुपमा परिचित थिए । जनमुखी राजनीति गरेर पटकपटक जेलजीवन बिताएका रुदानेले हालका प्रधानमन्त्री केपी शर्मा ओलीस“ग समेत जेलजीवन बिताएका थिए ।

केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी भन्ने उनका वाणी हाल पनि उत्तिकै चर्चित छन् । १९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका बिष्टको २०५६ असार ७ गते काठमाडौंमा निधन भएको थियो । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुदानेको स्मृति दिवसको अवसरमा हेटौंडाको थाहाचोकमा शनिबार साँझ दीप प्रज्ज्वलन भएको छ । रुपचन्द्र बिष्ट स्मारक समिति नेपाल र नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान हेटौंडाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पूर्वराष्ट्रियसभा सदस्य रामनारायण बिडारीले निष्पक्ष सक्रियताको अभ्यासलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । संविधानसभा सदस्य प्रह्‌लाद लामिछानेले बिष्ट सबैको साझा व्यक्तित्व भएको बताउँदै उनको विचार आज पनि सान्दर्भिक रहेको धारणा राखे ।

- Advertisement - Ad Banner

रुदानेको जन्मनगर थाहा नगरमा पनि थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवम् थाहा दर्शनका प्रणेता बिष्टको सम्झनामा विशेष कार्यक्रम भएको छ । कार्यक्रम नगर प्रमुख विष्णुबहादुर बिष्टको सभाध्यक्षतामा विकास घरको प्रांगणमा रहेको रुदानेको सालिकमा माल्यार्पण गर्दै सम्पन्न भयो । कार्यक्रममा वक्ताहरुले बिष्टको योगदान स्मरण गर्दै श्रमलाई प्राथमिकता दिन सक्नु नै उनलाई सच्चा श्रद्धाञ्जली दिने तरिका भएको धारणा राखेका थिए । उनीहरुले बिष्टको जीवन र विचार आज पनि सान्दर्भिक रहेको बताए ।

कार्यक्रममा उपप्रमुख भरत गोपाली, स्थानीय स्मारक समितिका अध्यक्ष बिमलकुमार बिष्ट, जिल्ला बहुउद्धेश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल, माओवादी जिल्ला समन्वय सदस्य अरुण रायमाझी, जनमुखी सहकर्मी ज्योति रायमाझीलगायत वक्ताले बिष्टको राजनीतिक, सामाजिक योगदान र थाहा दर्शनको महत्वमाथि चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष तथा जनमुखी सहकर्मीको उपस्थिति थियो । वक्ताले रुदानेले नेपाली समाजमा श्रम, न्याय, समानताको आवाज उठाएको उल्लेख गर्दै उनको आदर्श पछ्याउनु आजको आवश्यकता भएको बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि