17.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘दुई ढुंगाबीचको पिपल’ व्यवसायीको हितमा सरकार सदैव प्रतिवद्ध
spot_img

‘दुई ढुंगाबीचको पिपल’ व्यवसायीको हितमा सरकार सदैव प्रतिवद्ध

spot_img
हेटौंडा/बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्‌लेले व्यवसायीको हितमा सरकार सदंैव प्रतिवद्ध रहेको बताएका छन् । नेपाल मोबाइल व्यवसायी महासंघको चौथो साधारणसभालाई हेटौंडामा सम्बोधन गर्दै मन्त्री काफ्‌लेले मोबाइल व्यवसायीहरुका समस्या बुझ्ने र समाधानका लागि आवश्यक पहल गर्ने काम भइरहेको बताए । प्रदेश सरकार व्यवसायीहरुको कानुनी तथा नीतिगत् असहजतामा सहजीकरण गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले भन्सार छलेर नेपाल आएका पुराना मोबाइललाई कानुनी दायरामा ल्याउने र मर्मत गरी पुनःप्रयोगमा ल्याउने महासंघको पहललाई राष्ट्रकै एजेन्डाका रुपमा अघि बढाउने बताए ।
‘व्यवसायीहरु हाल दुई ढुंगाबीचको पिपलजस्तै बन्नुभएको छ । उम्रन गाह्रो छ, तर एकपटक उम्रिसकेपछि चट्टान फुटाएर पनि अगाडि बढ्न सक्नुहुन्छ । तपाईंहरुका समस्या हल गर्न आवश्यक कानुनी प्रतिवद्धता गर्न प्रदेश सरकार तयार छ,’ उनले भने–केही भन्सारका विषयहरु छन् । त्यसको सहजीकरणमा संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार सदैंव तत्पर छ । करिब एक हजार व्यवसायी सहभागी रहेको कार्यक्रममा मोबाइल व्यवसाय क्षेत्रका वर्तमान अवस्था, समस्याहरु तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो । सभाबाट मोबाइल व्यवसायको सुधार, नीतिगत् सहजीकरण र व्यवसायीको सशक्तीकरणतर्फ महत्वपूर्ण मार्गचित्र तय हुने विश्वास महासंघले लिएको छ ।
महासंघ अध्यक्ष भरत भट्टराईको सभाध्यक्षता तथा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री काफ्‌लेको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल मोबाइल वितरक संघ केन्द्रीय अध्यक्ष रघु त्रिपाठीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रम स्थलबाहिर विभिन्न मोबाइल ब्राण्ड र एसेसरिज कम्पनीहरुका ११ वटा स्टल रहेको कार्यक्रम संयोजक छतेन्द्र आचार्यले बताए । साधारणसभा विशेषतः मोबाइल व्यवसायसँग सम्बन्धित कानुनी चुनौती, समाधानका उपाय, बजारमा देखिएको अस्वभाविक प्रतिस्पर्धा तथा प्रविधिमा आधारित व्यावसायिक अवसर र चुनौतीका विषयमा केन्द्रित रहेको नेपाल मोबाइल व्यवसायी महासंघ केन्द्रीय अध्यक्ष भट्टराईले बताए । साधारणसभाअघि व्यवसायीहरुले शनिबार प्रभातफेरी गरेका थिए । हेटौंडा बजार परिक्रमापछि सभा आयोजना गरिएको थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि