26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहोमपाईपभित्र १०१ किलो लागूऔषध गाँजा बरामद

होमपाईपभित्र १०१ किलो लागूऔषध गाँजा बरामद

हेटौँडा/मकवानपुर प्रहरीले १०१ किलो लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–२, स्थित गढीबाट धापतर्फ जाने बाटोमा रहेको धबोडी खोल्साको होमपाईपभित्र लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । होमपाईपभित्र शंकास्पद वस्तु रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी निरक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलिले सुरक्षाजाँच गर्दा रातो प्लाष्टिकले बेरेर पोको पारी होमपाईप भित्र लुकाई छिपाई राखेको अवस्थामा १०१ किलो ३१० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । लुकाईछिपाई राख्ने व्यक्तिको पहिचान हुन नसकेकोले खोजतलास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here