17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहोमपाईपभित्र १०१ किलो लागूऔषध गाँजा बरामद
spot_img

होमपाईपभित्र १०१ किलो लागूऔषध गाँजा बरामद

spot_img

हेटौँडा/मकवानपुर प्रहरीले १०१ किलो लागूऔषध गाँजा बरामद गरेको छ । मंगलबार साँझ ६ बजेको समयमा मकवानपुरगढी गाउँपालिका–२, स्थित गढीबाट धापतर्फ जाने बाटोमा रहेको धबोडी खोल्साको होमपाईपभित्र लागूऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । होमपाईपभित्र शंकास्पद वस्तु रहेको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी निरक्षक बिरेन्द्र रायमाझीको कमाण्डमा खटिएको प्रहरी टोलिले सुरक्षाजाँच गर्दा रातो प्लाष्टिकले बेरेर पोको पारी होमपाईप भित्र लुकाई छिपाई राखेको अवस्थामा १०१ किलो ३१० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । लुकाईछिपाई राख्ने व्यक्तिको पहिचान हुन नसकेकोले खोजतलास भैरहेको प्रहरीले जानकारी दिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि