हेटौंडा/इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले आइतबार विहान करिब सवा ७ बजे हेटौंडा–१९, नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा अफिमसहित एक जनालाई पक्राउ गरेको छ । सवारीसाधन चेक गर्ने क्रममा चितवनबाट हेटांैडातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख २८८७ नम्बर यात्रुबाहक बसका यात्री चितवनको राप्ती नगरपालिका वडा–११ बस्ने वर्ष २५ का बाबुराम तामाङलाई पक्राउ गरिएको हो ।
उनलाई शंका लागेर खानतलासी गर्दा उनले बोकेको झोलाभित्र लुकाइ तीन वटा पोकामा ५ किलो ९ सय ४० ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ । उनलाई अफिमसहित नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालत हेटांैडाबाट लागुऔषध मुद्धामा ५ दिन म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।