26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागजल मञ्च अध्यक्षमा श्रेष्ठ

गजल मञ्च अध्यक्षमा श्रेष्ठ

हेटौंडा/गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजलयात्रा तथा चौथो अधिवेशन भएको छ । सर्जक सञ्जाल मकवानपुर संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा नियमित गजलयात्रा तथा अधिवेशन भएको हो । उक्त अवसरमा गजलकृतिका कृतिकारलाई सम्मान गरिएको छ ।

अधिवेशनबाट गजल मञ्च मकवानपुर अध्यक्षमा सञ्जीत श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको चौथो अधिवेशनले थाहा नगरपालिका वडा नम्बर–२ का श्रेष्ठको नेतृत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको हो । गजल मञ्च उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, सहसचिवमा गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दाहाल चयन भएका छन् । सदस्यमा प्रवीना प्रयासी र देव दुलाल चयन भए । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहने छ । गजल मञ्च मकवानपुर अध्यक्ष केशब समर्पणको सभाध्यक्षता अधिवेशन भएको थियो ।

गजल मञ्च मकवानपुरले दुई गजलकारलाई सम्मान गरेको छ । २०७९ सालदेखि ८१ सालमा कृति प्रकाशन गर्ने दुई जनालाई मञ्चले सम्मान गरेको हो । गजल मञ्च मकवानपुरले तुलसी घिमिरेको प्रकाशन ‘घामका फूलहरु’ र राम कार्कीको ‘तृप्ति संग्रह’ को कदर गर्दै सम्मान गरेको हो । २२३ औं नियमित गजलयात्रामा पुरुषोत्तम आचार्य, ईश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र सञ्जीत श्रेष्ठले गजलवाचन गरेका थिए ।

गजल मञ्च मकवानपुर निर्वतमान अध्यक्ष देवराज तिवारी, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, गजल
मञ्च मकवानपुर पूर्वअध्यक्ष दीपक गौतम, मुस्कान तिमल्सिना र साहित्यकार शान्ति प्रियवन्दनाले शुभकामना मन्तव्य राखेका थिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here