21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाअनधिकृत रकम रोक्न चन्द्रागिरिलाई निर्देशन
spot_img

अनधिकृत रकम रोक्न चन्द्रागिरिलाई निर्देशन

spot_img

हेटौंडा/चन्द्रागिरि हिल्स प्रालिले थाहा नगरपालिका–९, चित्लाङ भञ्ज्याङ हुँँदै भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गमा चेकपोइन्ट राखेर सर्वसाधारणसँग अनधिकृतरुपमा रकम लिएको पाइएपछि थाहा नगरपालिका–९ को कार्यालयले उक्त कार्य तत्काल रोक्न चन्द्रागिरि हिल्सलाई निर्देशन दिएको छ । मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क असुली गरिरहेको पाइएपछि वडा कार्यालयले काठमाडौंमा केबुलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्सलाई सोमबार पत्राचार गर्दै तत्काल उक्त कार्य रोक्न निर्देशन दिएको हो ।

वडा अध्यक्ष राजकुमार बलामीले भालेश्वर मन्दिरसम्म जाने पैदलमार्गअन्तर्गत् चन्द्रागिरि हिल्सले चेकपोइन्ट राखेर उक्त मन्दिरसम्म पुग्न प्रतिव्यक्ति एक सय रुपियाँ शुल्क लिइरहेको भनी जनगुनासो प्राप्त भएको बताए । सोही आधारमा उनले उक्त कार्य तत्काल रोकी उक्त पैदलमार्ग हुँदै भालेश्वर मन्दिरसम्म जाने कुनै पैदलयात्रीलाई आवतजावतमा रोकावट नगर्नसमेत लिखित निर्देशन दिएका छन् । निर्देशनमा यात्रीलाई आवतजावतमा रोकावट नगर्न र चेकपोइन्टमा राखिएका सामग्रीसमेत सात दिनभित्र हटाउन भनिएको छ ।

- Advertisement - Ad Banner

यसअघि वडा अध्यक्ष बलामीले सूचना जारी गर्दै वडा कार्यालयले वडा कार्यालय र चन्द्रागिरि हिल्स प्रालिबीचको सहमतिबमोजिम शुल्क लिएको भ्रामक सूचना सम्प्रेषण भइरहेको जनाएका थिए । उनले चन्द्रागिरि हिल्ससँग शुल्क लिनेबारे थाहा नगरपालिका–९ वडा कार्यालय तथा वडा अध्यक्षबाट कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन् । कुनै लगानीबिना मन्दिरमा गएको र वनक्षेत्रमा हिँडेको रसिद काटेर यात्रुसँग असुली गरेको भन्दै सार्वजनिकरुपमा चन्द्रागिरि हिल्सको विरोध हुन थालेपछि वडा कार्यालयले सूचना जारी गरेर उक्त कार्य रोक्न निर्देशन दिने निर्णयमा पुगेको हो ।

कम्पनीले थाहाका नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षसँगको सहमतिमा सडक मर्मत र सरसफाइका लागि पैदलयात्रुसँग एक सय रुपियाँ उठाउँदै आएको जिकिर गरेको छ । थाहा नगर उपप्रमुख भरत गोपालीले चन्द्रागिरि हिल्ससँगको सहमति उलंघन गर्दै नागरिकस“ग एक सय रुपियाँ उठाउँदै आएकामा आफूहरुले असहमति जनाउँदै आएको जानकारी दिए । उनले थाहा नगर, इन्द्रसरोवर र चन्द्रागिरिका बासिन्दास“ग नलिने तर अरुसँग लिने गरेकोमा पनि पछि आफूहरुले आपत्ति जनाउँदै कोहीसँग पनि अनधिकृतरुपमा लिन नपाउने व्यवस्थापन सुझाएको बताए ।

थाहा नगरपालिका–९ र १० वडा चन्द्रागिरि नगरपालिकाका केही वडा, इन्द्रसरोवरका ४ र ५ वडाका बासिन्दालाई केबुलकार भाडामा छुट दिने गरेको आफूहरुको तीन वटै पालिकाका सबै नागरिकले छुट पाउनुपर्छ भनेपछि २५ प्रतिशत् छुट दिने गरी सहमति भएको उनले सुनाए । स्थानीयलाई परिचयपत्रका आधारमा केबुलकार भाडामा २५ प्रतिशत् छुट दिने गरी सहमति भएको छ । वडा–९ अध्यक्ष बलामीले चन्द्रागिरि हिल्सले नागरिकसँग एक सय रुपियाँ उठाउँदै आएको जानकारी आएपछि यसअघि रोक्न दबाब दिएपछि रोक्ने प्रतिबद्धता कम्पनीले जनाएको बताए । केबुलकार सञ्चालनमा आउनुभन्दा अघिबाट प्रयोग हुँदै आएको पुरानो पैदलमार्गमा शुल्क लगाइएको हो ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा–५ कार्यालयले भालेश्वर मन्दिर र वनमा जान प्रवेश शुल्क उठाउन चन्द्रागिरि हिल्सलाई कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको जनाएको छ । वडा अध्यक्ष दुतराज तितुङले चन्द्रागिरि हिल्सले शुल्क उठाउँदै आएको विषयमा ध्यानाकर्षण भएको भन्दै मंगलबार जारी सूचनामा सार्वजनिक वन र मन्दिरमा जा“दा कुनै शुल्क बुझाउनुनपर्ने बताए ।

उनले भालेश्वर मन्दिर जान पैदलयात्रुसँग प्रवेश शुल्क लिइएको जनगुनासो आएको र पैदलयात्रुसँग प्रवेश शुल्क उठाउने विषयमा चन्द्रागिरि हिल्सलाई वडाले कुनै प्रकारको लिखित वा मौखिक अनुमति नदिएको बताए । वडा अध्यक्ष तितुङद्वारा जारी सूचनामा इन्द्रसरोवर गाउँपालिका वडा–५ को समेत क्षेत्रमा पर्ने पवित्र धार्मिक क्षेत्र भालेश्वर मन्दिर र वनक्षेत्रमा चन्द्रागिरि हिल्सले पैदलयात्रुसँग प्रवेश शुल्क लिने कार्य गैरकानुनी रहेकाले तत्काल उक्त कार्य बन्द गर्न सूचनाद्वारा निर्देशन दिइएको छ । हालसम्म संकलित रकम नेपाल सरकारलाई फिर्ता गर्न अनुरोध गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि