31.9 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीबागमतीमा शुरु भयो एचआरआरएस

बागमतीमा शुरु भयो एचआरआरएस

हेटौंडा/बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डिजिटल संस्था दर्ता नवीकरण प्रणाली (एचआरआरएस) को डिजिटल शुभारम्भ गरेको छ । मंगलबार स्वास्थ्य मन्त्री किरण थापामगरले कार्यक्रम शुरु गरेका हुन् । कार्यक्रम शुरु गर्ने बागमती प्रदेश पहिलो हो । शुभारम्भस“गै अब स्वास्थ्यकर्मीहरुले अनलाइनबाट स्वास्थ्य संस्था दर्ता गर्न सक्ने भएका छन् ।

स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/०८३ को योजना तर्जुमा तीन दिने गोष्ठी गरेको छ । कार्यक्रममा दोस्रो चौमासिकसम्मको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक खगेश्वर गेलालले स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्यसम्बन्धि मन्त्रालयबाट भएका कार्यसम्पादनबारे सहजीकरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयको चालु आर्थिक वर्षमा बिनियोजित रकम ४ अर्ब ८ करोड ५ लाख १ हजार छ । मन्त्रालयले कार्यालयगत्‌रुपमा ६५ प्रतिशत् प्रगति गरेको छ । मन्त्रालयले प्रदेशमा रहेका स्थानीय तहका ८ सय ४८ माध्यमिक विद्यालयमा ॅएक विद्यालय–एक नर्स कार्यक्रम’ विस्तार गरेको छ ।

मन्त्रालयले संघीय स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालको सहकार्यमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सञ्चालन गरेको छ । जसमा २ लाख ५६ हजार ४ सय ७० किशोरीले उक्त खोप लिएका छन् । यस समयमा मन्त्रालयले २० वटा स्थानीय तहमा कार्यरत् ५० स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ ।

असोजमा गएको बाढीपहिरोमा घाइते भएका १ सय १५ जनालाई प्रदेशभित्रका विभिन्न अस्पतालहरुमा निःशुल्क उपचार गरिएको छ । प्रदेश, जिल्ला र ७ जिल्लाका ५३ स्थानीय तहमा विपद् द्रुतप्रतिकार्य समूह गठन गरिएको छ । त्रिशुली अस्पताल, नुवाकोट अस्पताल र सिन्धुली अस्पतालमा सीटी स्क्यान सेवा सुरु गरिएको छ । मन्त्रालयले हेटौंडा अस्पतालमा मुटुरोग सेवा शुरु गरेको छ । काठमाडौं उपत्यकासहित जिल्लाहरुमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्रीवितरण नियन्त्रण) ऐन, २०४९ बमोजिम पैरवी र अनुगमन कार्य सञ्चालन गरिएको छ ।

एम्बुलेन्स सेवालाई सुदृढीकरणका लागि भाडा निर्धारण गरी कार्यान्वयनका लागि १३ वटै जिल्लाका जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गरिएको छ । सुत्केरी तथा नवजात शिशुहरुको हवाइउद्धार, आयुर्वेदिक औषधी उत्पादन तथा वितरण, हेटौंडा अस्पतालमा विद्युतीय नामदर्ता प्रणाली सुरुवात, प्रदेश आपूर्ति व्यवस्थापनका लागि सुबिधासम्पन्न भण्डारणकक्ष सञ्चालन, पूर्णसंस्थागत् सुत्केरी आयोजना र शहरी स्वास्थ्य कार्यक्रम कार्यान्वयन, ॅमेरो स्वास्थ्य–मेरो जिम्मेवारी’ अभियान सुरुवात, मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या न्यनीकरण र स्वरोजगार अभियान, क्षयरोगका बिरामीको उपचार, अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलगायत मन्त्रालयमातहत कार्यालयमा कर्मचारी व्यवस्थापन कार्यहरु मन्त्रालयले गरेको छ ।

मन्त्री थापामगरले स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सुधार, स्तरोन्नति र आवश्यक जनशक्ति उत्पादन गर्ने कामलाई प्राथमिकतामा राखेको बताए । स्वास्थ्य कार्यक्रमको नतिजा अपेक्षाकृत हात परेको उनले बताए । यस समयमा प्रादेशिक अस्पतालको बेड व्यवस्थापनमा वृद्धि भएको उनले बताए । यस वर्षमात्र ३ सय ७६ जना विद्यालय नर्स व्यवस्थापन गरिएको उनले बताए ।

ॅलामो समयसम्म रोकिएको स्वास्थ्य सेवा ऐन, २०७६ लाई संशोधन गर्न मन्त्रालय सफल भएको छ,’ उनले बताए । उक्त ऐन पास भएपछि अस्पताल नवीकरण तथा दर्ता कार्य थालनी भएको छ । बृहत् स्वास्थ्य शिविर तथा पोषण प्रवद्र्धन कार्यक्रमलाई लिएर हामी दुरदराज पुगेका छौं । स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन र स्वास्थ्य सेवा सम्बन्धि थुप्रै कार्यक्रम थालनी भएको छ, उनले भने ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here