हेटौंडा/विगत डेढ वर्षदेखि ओच्छ्यान परेकी टीना घलानलाई उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल लगिएको छ । मनहरी गाउँपालिका–६ की करिब २८ वर्षीया घलान घाँटीको नशा च्यापिएका कारण शरीरको कुनै भाग नचल्ने भएर ओच्छ्यान परेकी थिइन् ।
उनी घाँटीको नशा च्यापिएर विदेशबाट उपचार गर्न नेपाल फर्केकी थिइन् । अपरेसन सफल नभएपछि उनी ओच्छ्यान परेकी हुन् । उनको शरीरको कुनै भाग चल्दैन । सामाजिक अभियन्ता तथा ॅसेवा, सहयोग र आवाजमा हामी’ का अध्यक्ष विशालराज महतको पहलमा उनलाई बुधबार उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल पठाइएको हो । महतको पहल तथा हेटौंडा उपमहानगर उपमेयर राजेश बानिया“ र मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको समन्वयमा उनलाई बुधबार काठमाडौं पठाइएको महतले जानकारी दिए । घरपरिवारले उनको उपचारका लागि १५ लाख सकिसकेका थिए । सबै पैसा सकिएपछि उनलाई घरमै राखिएको मामा सन्तबहादुर थिङले जानकारी दिए ।