31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘एसईईमा पहिलो केन्द पालिकाको टोलीद्वारा अनुगमन

‘एसईईमा पहिलो केन्द पालिकाको टोलीद्वारा अनुगमन

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक एसईई परीक्षाकेन्द्र सञ्चालन भएसँगै आवश्यक तयारी पूरा भएको छ । विहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कैलाश–९ मा अवस्थित कालिका माध्यमिक विद्यालयलाई परीक्षाकेन्द्र तोकिएको हो । बुधबार केन्द्रको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष भुवनसिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, स्रोतशिक्षक ध्रुवराज बिष्ट, प्राविधिक सहायक दीपेन्द्र अधिकारीलगायत टोलीले अनुगमन गरेको छ ।

कैलाशका पाँच विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थी र ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जना विद्यार्थीले उक्त केन्द्रबाट परीक्षा दिँदैछन् । कालिका माविका विद्यार्थीबाहेक कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् । पालिकाभित्र अध्ययनरत् विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यता अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समिति संयोजकसमेत रहेका पालिका अध्यक्ष मुक्तानले बताए । भौगोलिक विकटताले परीक्षा र पठनपाठनमा असहज परिस्थिति विद्यार्थीमा थियो । सोहीलाई सहज बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताएका छन् ।

भौगोलिक विकटताले केन्द्र आउनजान असहज हुनाले परीक्षा अवधिभर विद्यार्थीका लागि खाना र आवासको व्यवस्था गरिएको बताउँदै परीक्षाकेन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतको व्यवस्था गरिएको छ । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ । आवास क्षेत्रमा पालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाबाट एक/एक जना कर्मचारी खटाइनुका साथै परीक्षापश्चात् पठनपाठनको वातावरण सिर्जना गर्न सोहीअनुरुप व्यवस्थासमेत गरिएको अध्यक्ष मुक्तानले बताए । परीक्षाभर विद्यार्थी र अभिभावकको गुनासो नआउने गरी कार्य गर्न सम्बन्धित शाखालाई निर्देशन दिइएको छ ।

परीक्षामा कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना छन् । धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा प्रमुख जोशीले बताए । कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थी भने हेटौंडा–४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने जोशीले बताए । एसईई परीक्षाको तयारी पूरा भएको जनाइएको छ । मकवानपुरबाट एसईईमा नियमिततर्फ ५ हजार ८ सय ६५ विद्यार्थीले परीक्षा दिनेछन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना गरी ७ हजार ४ सय ५६ विद्यार्थीले परीक्षा दिनेछन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here