21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकलामार्फत् भित्तामा सौन्दर्यता छर्दै उपमहानगर
spot_img

कलामार्फत् भित्तामा सौन्दर्यता छर्दै उपमहानगर

spot_img

हेटौंडा/सुन्दर हरित नगरको पहिचानमा रहेको हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ । बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फूलैफूलको शहरका रुपमा काम अघि बढाएको थियो ।

बजार क्षेत्रमा रहेका मुख्य सडक क्षेत्रमा विभिन्न प्रजातिका फूलको बिरुवा रोप्दै फूलैफूलको शहरका रुपमा अघि बढाउ“दै गरेको उपमहानगरको नेतृत्वले हाल कलाको शहरको रुपमा अघि बढाएको छ । चालु आर्थिक वर्षको बजेटबाट काम हुने गरी उपमहानगरपालिकाले पूर्वपश्चिम राजमार्गको हेटौंंडा–१० स्थित सडकछेऊमा रहेको नेपाल ट्रष्ट एकाईं कार्यालय कान्ति ईश्वरी घरको पर्खालमा चित्रकला पेन्टको काम थालेको हो ।

- Advertisement - Ad Banner

ठेक्कामार्फत् उपमहानगरका महत्वपूर्ण पर्यटकीय गन्तव्य पहिचान र हेटौंडा आउने वाह्य क्षेत्रका मानिसले सहज पहिचान गर्न सकुन् भन्ने उद्धेश्यले चित्रलाई पर्खालमा उतार्ने काम गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन्‌–उपमहानगरले निरन्तर सञ्चालन गरेको सफा हेटौंडा अभियानअन्तर्गत् नगरको सौन्दर्यतालाई अघि बढाइरहेका छौं । बजारलाई सफा र सुन्दर राख्ने, उज्यालो शहर बनाउने लाइटिङको व्यवस्था गर्दै अघि बढिरहेको सन्दर्भमा हाल बजार क्षेत्रमा रहेका खाली पर्खाललाई रंगरोगन गर्दै नगरका पहिचानलाई चित्रमार्फत् देखाउने कामको थालनी गरिएको नगर प्रमुख लामाले बताइन् ।

उनका अनुसार कामले निरन्तरता पाउने छ । हाल पहिलो चरणमा काम थालेर नगरका खाली पर्खालहरुमा नगरको स“स्कृति र पहिचान झल्कने गरी चित्र निर्माण गर्दै अघि बढिने उनले बताइन् । विकासनिर्माण भनेको पूर्वाधारतर्फमात्र ध्यान नदिइ नगरको सौन्दर्यतामा पनि ध्यान दि“दै कार्य अघि बढाइने नगर प्रमुख लामाले बताइन् ।

उपमहानगरले पहिलो चरणमा ट्रष्टको खाली १ हजार ७ सय स्क्वायर क्षेत्रमा हेटौंडाको पर्यटकीय तथा धार्मिक गन्तव्य पहिचान दिलाउने १५ वटा चित्र कोर्ने काम अघि बढाएको छ । उपमहानगरको खरिद समितिमार्फत् नगरका विभिन्न वडामा रहेका गन्तव्यलाई चित्रमार्फत् पर्खालमा उतार्नका लागि ४ लाख ६८ हजार ३ सय ५३ रुपिया“ बजेटमा काम अघि बढाइएको उपमहानगरले जनाएको छ । सोमबार राजमार्ग क्षेत्रको खाली पर्खालमा भइरहेको कामको नगर प्रमुख लामाले अवलोकन गर्दै सुधारका लागि केही काम गर्नु जरुरी रहेको भन्दै सचेत गराएकी थिइन् । हाल काम भइरहेको ठाउ“मा केही थप ठाउ“ खाली रहने पर्खालहरुमा पनि रंगरोगनसहित चित्रकलाको कामलाई निरन्तरता दिने बताइएको छ । न्यू रेन्बो आर्टका हाल १० कलाकार चित्र निर्माणमा खटिएका छन् ।

यसअघि उपमहानगरको सौन्दर्यतामा थप निखारता ल्याउनका लागि नगरका अघिकांश सडककिनारमा वृक्षरोपण, खाली रहेका जमिनमा पार्क निर्माण, मुख्य बजार क्षेत्रसहित वडाहरुमा लाइटिङ व्यवस्थापन, सडककिनारमा रहेको कर्भस्टोनमा पेन्टिङका काम गरिरहेको नगर प्रमुख लामाले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि