19 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीकानुन बनाएर विकासनिर्माणको अनुगमन

कानुन बनाएर विकासनिर्माणको अनुगमन

हेटौंडा/बागमती प्रदेश सरकारले कानुन बनाएर विकासनिर्माण कार्यको अनुगमन गर्ने भएको छ । प्रदेशमा भएका विकासनिर्माण काम अनुगमन, नियमन तथा मूल्यांकनका लागि प्रदेश सरकारले कानुन निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुगमन तथा मूल्यांकनसम्बन्धि विधेयकको मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति दिएको खानेपानी, ऊर्जा तथा सिचार्इं मन्त्री श्यामबहादुर खड्काले जानकारी दिए । बैठकले अन्य ६ वटा प्रस्तावहरु स्वीकृत गरेको मन्त्री खड्काले बताए । बैठकले नेपाल सरकारको नाममा भक्तपुर जिल्लास्थित नखेलमा रहेको १० रोपनी जग्गामध्ये ५ रोपनी जग्गा र सूर्यविनायक नगरपालिका वडा नम्बर–७ मा रहको ७ रोपनी ७ आना दुई पैसा जग्गा प्रशासनिक कार्य सञ्चालनका लागिमाग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

बैठकले खानेपानी क्षेत्रगत् सूचना प्रणालीमा आधारित बागमती प्रदेशको स्थानीय तहको खानेपानी सरसफाइ तथा स्वच्छता योजना तर्जुमासम्बन्धि कार्यविधि २०८१ स्वीकृत गरेको छ । चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका पहिलो संसोधन पारित गरेको छ । बैठकले प्रदेश बालअधिकार समिति सदस्यमा ५ जनालाई मनोनित गरेको छ । सदस्यहरुमा बालकल्याण समाज मकवानपुरका प्रकाश खतिवडा, सिविन बाल हेल्पलाइन मकवानपुरका झविन्द्र ज्ञवाली, काठमाडौंका अञ्जनी श्रेष्ठ, राजाराम सापकोटा, र चितवनकी मञ्जु वैरागी छन् । बैठकले संघीय सरकारबाट सरुवा भएर आएका बिनु बज्राचार्य र कृष्णबहादुर साहीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here