19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचितवनबाट हराएको अटो मनहरीमा

चितवनबाट हराएको अटो मनहरीमा

हेटौंडा/चितवनबाट माघ ७ गते हराएको अटो मकवानपुरको मनहरी गाउ“पालिका–९ मा फेला परेको छ । चितवन जिल्ला रत्ननगर नगरपालिका–१० बस्ने पुष्पमणि शर्माको बा.प्र. ०३–०१ ह १२२३ नम्बर अटो मनहरी–९ स्थित ज्यामिरेनजिक फेला परेको इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक विशाल सापकोटाका अनुसार बेवारिस अवस्थामा अटो छाडेर चालक फरार भएका थिए । अटो हराएको सम्बन्धमा शर्माले इलाका प्रहरी कार्यालय मनहरीमा निवेदन दिएको र उक्त अटो फेला पारेर सम्बन्धित अटोधनीलाई शुक्रबार दिउ“सो फिर्ता गरिएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

चोरी भएको अटोमा प्र.०३–००१ ह २०६० नम्बर प्लेट हालेर चलाएको पाइएको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ । अटो चोरी गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि चोरी भएका २ वटा अटो मकवानपुरमा फेला पारेर सम्बन्धित अटोधनीलाई बुझाइएको र अटो चोरीमा संलग्न भएको आरोपमा मकवानपुरबाट चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here