12.8 C
Makwānpur
Homeमकवानपुर विशेषमनहरीडिपाडको बजेट ३ करोड बढी
spot_img

डिपाडको बजेट ३ करोड बढी

spot_img

हेटौंडा/मनहरी गाउँपालिका-६ स्थित डिपाड सामुदायिक वन उपभोक्ता समूहको बजेट ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको छ । १८ औं वार्षिक साधारणसभामा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि समूहले ३ करोड भन्दा बढीको अनुमानित आम्दानी र खर्च सार्वजनिक गरिएको हो ।

समूहले गत आर्थिक वर्ष २०८०/०८१ मा ३ करोड ३४ लाख ३१ हजार २ सय ५७ रुपिया“को आम्दानी खर्च विवरण प्रस्तुत गरेको थियो । साधारणसभामा मनहरी गाउ“पालिका उपाध्यक्ष सीता पुलामीमगरले वनक्षेत्रको विकासमा सामुदायिक सहभागिता बृद्धि हुने सुखद् रहेको बताइन् । समूहका अध्यक्ष डम्बरबहादुर मुक्तानको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

- Advertisement - Ad Banner

समूहले शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणका काममा पनि लगानी गरिरहेको जनाएको छ । कार्यक्रममा मनहरी गाउ“पालिका वडा-६ का अध्यक्ष युवराज थपलिया, सवडिभिजन वन कार्यालय मनहरीका अधिकृत रुपककुमार ब्लोन, सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह सचिव रमेश कार्की, सामुदायिक वन उपभोक्ता महासंघ मनहरी अध्यक्ष तथा पशुपति सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष रघुनाथ रुम्बा, मनकामना सामुदायिक वन उपभोक्ता समूह मनहरी-७ का अध्यक्ष सुरेशकुमार मोक्तान, रमन्टार डिपाड बचत तथा ऋण सहकारी संस्था अध्यक्ष उमेश मुक्तान, सामाजसेवी आशमान मोक्तान, हरिचन्द्र शाहीठकुरी, क्षेत्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि