हेटौंडा/बिभिन्न खेल क्षेत्रमा प्रायोजन गर्दै आएको हेटौंडाको प्रतिष्ठित स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइसेन्सले नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सलाई प्रायोजन गर्ने भएको छ ।
्हेटौंडा-४ स्थित महाबिद्यालय परिसरमा बुधबार जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच अफिसियल एजुकेशन पार्टनरको रुपमा प्रायोजनसम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
खेलमा प्रायोजन रकमबारे भने हाल खुलाइएको छैन । आगामी खेलमा जनकपुरले आफ्नो अफिसियल जर्सीमा म्यानेजमेन्टको लोगो राख्ने सहमति जनाएको हो ।
अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी भएको कारणले म्यानेजमेन्टले अनिल शाहलाई आफ्नो ब्राण्ड एम्बेसडर समेत नियुक्त गरेको छ । म्यानेजमेन्टले शाहलाई एकवर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ ।
अनिल शाह र शुभ कंशाकारले सम्झौता पत्रमा हस्ताक्षरसमेत
गरेका थिए । आशिफ शेख मार्की प्लेयर भएको जनकपुर बोल्ट्समा नेपाली राष्ट्रिय टिमका पूर्व मुख्यप्रशिक्षक श्रीलंकाली पुबुदु दसानायके रहेका छन् ।
प्रायोजनसम्बन्धि सम्झौता पछि म्यानेजेमन्टका प्रिन्सिपल जोशीले यसपटक शैक्षिक साझेदारको रुपमा प्रायोजन गरेको म्यानेजमेन्टले आगामी दिनमा टिम नै खरिद गर्ने सम्भावना रहन सक्ने औल्याए ।
यसअघि पनि मकवानपुर जिल्लाको क्रिकेटको विकासका सहयोग
गर्दै आएको महाबिद्यालयले क्रिकेट खेलको बिकासका लागि पूर्वराष्ट्रिय खेलाडी रामनरेश गिरीलाई प्रशिक्षकरुपमा म्यानेजमेन्टले नियुक्त गरेको उनले बताए ।
‘भारतमा आइपियलको लोकप्रियता भएजस्तै अब नेपालमा एनपीएलको भविष्य उज्ज्वल देखिन्छ भन्दै जोशीले ॅआगामी वर्षबाट क्रिकेट क्षेत्रमा अझै लगानी बढाउँदै लैजाने सोच हाम्रो छ ।’
कार्यक्रममा म्यानेजमेन्टका पूर्वविद्यार्थीसमेत रहेका अनिल शाहले आफ्नो व्यावसायिक क्रिकेटको सुरुवात मकवानपुरबाटै सुरु भएको सुनाउंदै अनुशासनको कारण यहाँसम्मको यात्रा तय गरेको स्मरण सुनाए ।
म्यानेजमेन्टको ‘कडा अनुशासन’ नामक स्लोगनकै कारण लोकप्रिय भएको सुनाउदै कडा अनुशासनको सिद्धान्तलाई आफूले क्रिकेटमा लागू गरेकै कारण सफलता मिलेको बताए ।
उनले हरेक क्षेत्रमा लागेपछि कडा अनुशासनको पालना गर्दा सफलता हाल पर्ने पनि सुनाए । आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुन गईरहेको एनपीएलमा आठ नेपाली टोलीको सहभागिता रहनेछ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को खेल तालिकाअनुसार उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच मंसिर १५ गते प्रतिष्पर्धा हुने भएको छ । नेपाल क्रिकेट संघ
(क्यान) जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता ६ पुससम्म आयोजना हुनेछ ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष चार टोलीले प्लेअफ खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने क्यानले जनाएको छ । मंसिर १६ गतेदेखि ३० गतेसम्म हरेक दिन दिनको दुई खेल हुने कार्यतालिका छ । इलिमिनेटर र पहिलो क्वालिफायरको खेल पुष ३ गते हुँदा दोस्रो क्वालिफायर पुष ४ मा हुनेछ । प्रतियोगिताको फाइनल खेल पुस ६ गते हुनेछ ।