Homeमकवानपुर विशेषहेटौँडामकवानपुरमा साढे १ अर्ब बढी क्षति

मकवानपुरमा साढे १ अर्ब बढी क्षति

हेटौंडा/असोज दोस्रो साता गएको बाढीपहिरोबाट मकवानपुरमा साढे १ अर्बभन्दा बढीको क्षति भएको छ । असोज १० गतेदेखि १२ गतेसम्मको अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट जिल्लामा १ अर्ब ६९ लाख ३५ हजारभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रारम्भिक तथ्यांकका आधारमा उक्त क्षति भएको पाइएको हो । जिल्लाका १० पालिकामध्ये सबभन्दा धेरै इन्द्रसरोवर गाउँपालिकामा क्षति पुगेको छ । इन्द्रसरोवरमा मानवीय र भौतिक एवम् पूर्वाधारको क्षति पुगेको हो । जिल्लामा बाढीपहिरोमा परेर १० जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका अध्यक्ष प्रजिअ तीर्थराज चिलुवालले जानकारी दिए ।

उनका अनुसार जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा ६ जना, मनहरी गाउँपालिकामा २ जना, मकवानपुरगढीमा एक जना र वागमती गाउँपालिकामा १ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको हो । बाढीपहिरोमा परेर ६ जना घाइते भएका छन् । घाइते हुनेमा थाहा नगरपालिकाका २, भीमफेदी, मकवानपुरगढी, बकैया र वागमती गाउँपालिकाका एक-एक जना छन् ।

उक्त अवधिमा बाढीपहिरोले १० पालिकाका १ सय ३० घर पूणर् क्षति भएका छन् भने १ सय ८३ घरमा आंशिक क्षति पुर्‍याएको छ । बाढीपहिरोले मकवानपुरमा ५ वटा पालिकाका १६ वटा झोलुंगेपुल बगाएको छ भने मकवानपुरमा १० वटा पालिकाका २३ हजार ७९ रोपनी जग्गाको बालीनाली नष्ट गरेको छ । उक्त अवधिमा मकवानपुरका ४ हजार १ सय ३६ चौपाया मरेका थिए भने खानेपानी, विद्युत् र अन्य पूर्वाधार गरी ५८ वटालाई क्षति पुर्‍याएको तथ्यांकमा उल्लेख छ । बाढीपहिरोले २१ सडक र राजमार्ग क्षतिग्रस्त बनाएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here