Homeमकवानपुर विशेषहेटौँडाअवरुद्ध २ सडक सञ्चालनमा

अवरुद्ध २ सडक सञ्चालनमा

हेटौंडा/वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौंडा-काठमाडौं र हेटौंडा-धरान चतरा जोड्ने तीन वटा सडक सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत् हेटौंडा-भैसे, सीमभञ्याङ-पालुङ-नौबीसे र मदन भण्डारी लोकमार्गअन्तर्गत् हेटौंडा-सिन्धुली-धरान चतरा सडक खुलेका छन् । त्रिभुवन लोकपथ सडकअन्तर्गत् हेटौंडा-भैंसे-चित्लाङ-चन्द्रागिरि-काठमाडौं सडक आइतबार सा“झबाट एकतर्फीरुपमा सञ्चालनमा आएको थियो । वर्षासँगै खसेको पहिरो पन्छाइएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

सडकअन्तर्गत् मकवानपुरको थाहा नगरपालिका-५, दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । कान्तिलोकपथ सडकको बकैया गाउँपालिका-१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका-८ स्थित वागमती खोलाको पुल कटान गरी सडक पूणर्रुपमा अवरुद्ध छ । दक्षिणकाली-छैमले-सिस्नेरी सडकअन्तर्गत् इन्द्रसरोवर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेर कुलेखानी-फाखेल-फर्पिङ बाटो पूणर्रुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए । दक्षिणकाली-छैमले-सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका-२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी-सिस्नेरी-फर्पिङ बाटो पूणर्रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कुलेखानी-मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउ“पालिका-१ सिम्लाङमा पहिरोका कारण थानकोट-कुलेखानी बाटो पूणर्रुपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका-४ रातोमाटे, भीमफेदी-६ ढोकाफेदीमा पहिरो खसेर हेटौ्रडा-कुलेखानी जोड्ने बाटो पूणर्रुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here