Homeमकवानपुर विशेषहेटौँडाबालश्रम अन्त्यका लागि पालिकाबीच समन्वय बैठक

बालश्रम अन्त्यका लागि पालिकाबीच समन्वय बैठक

हेटौंडा/राक्सिराङ गाउँपालिकाको आयोजनामा बालकल्याण समाज र आसमान नेपालको सहकार्यमा बालसंरक्षणको सवालमा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाबीच समन्वय बैठक भएको छ । बालश्रम अन्त्यका लागि संयुक्तरुपमा गर्न सकिने कार्यक्रम र बालसंरक्षणका लागि अबका कार्ययोजना तयार गर्ने उद्धेश्यले बैठक गरिएको राक्सिराङ उपाध्यक्ष वनस्तम् थिङले बताए । उनले धर्मका नाममा बालबालिकालाई अन्यत्र पढ्न पठाउने गरेको र बालबालिकालाई पढ्न छुटाएर बाल भरियाको कार्यमा लगाउँदा भविष्यमा कस्ता मानव जनशक्ति उत्पादन हुने हो आफूलाई कहालिलागेको बताउँदै यसविरुद्ध आफू क्रियाशील भएर लाग्ने उनले बताए ।

मनहरी गाउँपलिकाले बालश्रम अन्त्य गर्न होटल, ग्यारेज, घर र तानको अनुगमन गर्दै भेटिएका बालश्रमिकलाई विद्यालयको पहँुच पुर्‍याउन छात्रवृत्ति र अभिभावक शिक्षाजस्ता कार्यक्रम सञ्चालन गर्नेबारे मनहरीकी उपाध्यक्ष सीता पुलामीमगरले बताइन् । कैलास गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बालअधिकारबारे सचेतना, बालश्रमका नकारात्मक पक्षबारे अभिभावकलाई शिक्षा र सबै बालबालिका पूणर् समय औपचारिक दिवा स्कुलमा हुनुपर्दछ भन्ने मान्यतासाथ पालिकाले कार्य गर्ने बताए ।

बालश्रम अन्त्य गर्ने सवालमा सामाजिक संस्थासहितको संयुक्त बैठकलाई पालिकाले सकारात्मकरुपमा लिइ पटकपटक समन्वय बैठक बसेर महत्वपूणर् निणर्य गर्दै राज्य र नागरिक समाजबीच समाजमा रहेका विकृति हटाउन गरिएको प्रयास अनुकरणीय भएको बालकल्याण समाज अध्यक्ष प्रकाश खतिवडाले बताए । समन्वय बैठकले तीन पालिकाबीच संयुक्तरुपमा बालश्रम अनुगमन र श्रमिक बालबालिका भेटिए कुन पालिकाका बालश्रमिक हुन् उक्त पालिकाले श्रमिक बालबालिकाको भनाइ र भावना सुनेरमात्र अवस्था विश्लेषणपश्चात् बालश्रमिकको व्यवस्थापन गर्ने सहमति गरिएको छ । पालिकाबीच सडक बालबालिकामुक्त पालिका बनाउन राष्ट्रिय बालअधिकार परिषद् र सामाजिक विकास मन्त्रालय वागमती प्रदेशमा समन्वय गर्ने निणर्य गरिएको छ ।

विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन र सबै बालबालिका पूणर्समय औपचारिक दिवा स्कुलमा हुनुपर्दछ भन्ने मान्यता आत्मसात् गर्दै छात्रवृत्ति संख्या बृद्धि गर्दै सार्वजनिक शिक्षा सुदृढीकरण गर्ने कार्ययोजना बनाएर लागु गर्नेसमेत निणर्य गरिएको छ । बैठकले पालिकाबीच संयुक्त अनुगमन, बालश्रमिकको कुरा सुनेर उनको आवश्यकताका आधारमा सर्वोत्तम हित हुने गरी कार्ययोजना निर्माण, बालक्लब परिचालन र क्षमता विकास, बालबालिकालाई लागुपदार्थ ओसारपसार र सेवन गर्ने जस्ता दुव्र्यसनबाट मुक्त गर्न सचेतना, धर्मका नाममा बालबालिका अन्यत्र पठाइने गरेको समस्या समाधान गर्न पहल, बालबालिका पुनस्र्थापना केन्द्र आवश्यकता महसुस गरिएको बैठकमा छलफल एवम् निणर्य भएको राक्सिराङका रोजगार संयोजक गोबिन्द बिश्वकर्माले बताए ।

समन्वय बैठकमा मनहरी गाउँपालिका शिक्षा अधिकृत प्रदीप पराजुली, राक्सिराङ गाउँपालिका शिक्षा अधिकृत पंकस थारु, कैलाशका रोजगार संयोजक हस्तराम नेगी, मनहरीकी महिला बालबालिका शाखाकी सम्झना दंगाल, मनहरी रोजगार सहायक राजुकुमार ठाकुरलगायतको सहभागिता थियो ।

बैठकमा बालकल्याण समाज अध्यक्ष खतिवडाबाट दीगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्चद्वारा तयार पारिएको साझा अवधारणापत्र र आसमान नेपालबाट प्रकाशित श्रमिक बालबालिकाको सहभागिता सुनिश्चित गरौं र सबै बालबालिका पूणर्समय औपचारिक दिवा स्कुलमा हुनुपर्दछ ब्रोसियर र बालकल्याण समाजद्वारा प्रकाशित बालअधिकार संरक्षण तथा सम्वद्र्धन स्रोतसामग्रीको संगालो पुस्तिका बितरण गरिएको थियो ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here