Homeमकवानपुर विशेषबागमतीदशैंतिहारका दुर्घटनामा २४ को मृत्यु

दशैंतिहारका दुर्घटनामा २४ को मृत्यु

हेटौंडा/वागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेक चाडपर्वका समयमा सवारी दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरबाहेक जिल्लामा दशैंको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते विहानसम्म २ सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुबेदीका अनुसार ती दुर्घटनामा छ सय २८ जना घाइते भएका छन् । दशैंको घटस्थापनादेखि असोज मसान्तसम्म प्रदेशका १० जिल्लामा एक सय १६ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने चार सय १६ जना घाइते भएका थिए ।

कात्तिक १ गतेदेखि २० गते विहानसम्ममा एक सय १४ वटा दुर्घटना भएका र ती दुर्घटनामा ९ जनाको मृत्यु हुनुका साथै दुई सय १२ जना घाइते भएका छन् । चाडपर्वको समयमा वर्षा हुँदा ग्रामीण क्षेत्रका सडकमा समस्या हुने गरेकाले दुर्घटना बढेको हो । प्रहरी उपरीक्षक सुबेदीले भने-सडकको कमजोर अवस्थामा जोखिम मोलेर सवारी चलाउने परिपाटीले दुर्घटना बढेको हो ।

ट्राफिक नियमको पालनामा चालक र यात्रु सचेत नहुँदा दुर्घटना हुने गरेका छन् । दुर्घटना न्यूनीकरणका लागि हरेक हाल कार्यालयले सवारीचालकलाई प्रतिबद्धता, हरेक जिल्लामा नियमित तथा आकस्मिक जाँचलगायत गतिविधिलाई तीव्र बनाइएको उनले जानकारी दिए ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here