हेटौंडा – पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ हात्तीखोलामा रहेको खेलकुद मैदान मासेर कोल्ड स्टोर निर्माण गर्ने पालिकाको प्रतिनिधि लागिपरेका छन् ।
बिगत ९ बर्ष अगाडि देखि युवा खेलाडीको जनश्रमबाट निर्माण गरिएको र पछि वडा र प्रदेशको बजेटबाट कुल रकम १३ लाख लगाएर मर्मत गरिएको यो खेलमैदानमा अहिले पालिकाको अध्यक्ष धर्मराज लामिछाने र उपाध्यक्ष भक्तबहादुर खत्रिले युवा खेलाडीहरुलाई केही जानकारी नदिइएको र राजनीति शक्ति र पदको आधारमा बनेको संरचनामा चिस्यानको भवन निर्माण गर्ने पालिका लागिपरेको स्थानीय युवा खेलाडिहरुले गुनासो गरेका छन् ।
खेलाडी जिकेश सापकोटा भन्छन् खेलमैदानलाई बिनाश नगर्ने र अरु सार्वजनिक स्थान खोजि गरि चिस्यान भबन निर्माण गर्ने आग्रह गरेका छन् । संरचनात्मक विकास मात्र विकास होइन मनोबैज्ञानिक विकास र शारीरिक विकासमा पनि पालिकाले ध्यान दिनु पर्नेमा अहिले औद्योगिक ग्रामको लागि जनप्रतिनिधिहरुले एकलौटी निर्णयमा खेलकुद मैदान नै बिनाश गर्ने कुरा आफुहरुले स्विकार नगर्ने र विरोध मा उत्रिने जानकारी दिएका छन् ।
पालिका अध्यक्षसँग हामीले जानकारी लिदा यो बिषयमा अहिले तत्कालै बैठक नबस्ने र असारको अन्तिममा दुई पक्ष मिलेर बार्ता टुङ्गाउने बताएका छन् । उनी भन्छन् यो ठाउँलाई हामिले जग्गा नापि गरेर औद्योगिक ग्रामको लागि छुट्याइएको भएता पनि काम सुरु नभएको र स्थानीय बासिन्दा र युवाहरु सँग बसेर छलफल गर्ने बताएका छन ।