20 C
Makwānpur
Homeमकवानपुर विशेषघरेलु मैदानमा वडा–३ पराजित

घरेलु मैदानमा वडा–३ पराजित

हेटौंडा/मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर–५ ले हात पारेको छ । सोमबार विहान भएको फाइनल खेलमा वडा नम्बर–३ लाई वडा–५ ले २५–१४, २३–२५, २५–१६, २५–२३ को सेटमा पराजित गरेको हो । घरेलु मैदानमा वडा नम्बर–३ लाई हराउँदै वडा नम्बर–५ ले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता वडा नम्बर–३ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सेमिफाइनलमा वडा–५ ले वडा–२ लाई हराउँदै फाइनल प्रवेश गरेको थियो भने वडा नम्बर–३ ले १० नम्बरलाई हराउँदै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी वडा–५ का धिरज लो घोषित भए भने उदीयमान खेलाडी वडा–४ का नमराज मोक्तान घोषित भए । उत्कृष्ट स्पाइकरमा वडा–३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डरमा वडा–५ का विजय तितुङ, उत्कृष्ट सेटरमा वडा–३ का बालचन्द्र मल्ल, उत्कृष्ट ब्लकरमा वडा–५ का वीरबहादुर वाइबा र उत्कृष्ट प्रशिक्षक वडा–५ का गोबिन्द वाइबा घोषित भए । विधागत् विजेताहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

खेलकुद विकास समिति संयोजक मोहन वाइबाको सभाध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यता थियो । विजेता टोलीलाई उपाध्यक्ष मल्लले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडा नम्बर–५ का अध्यक्ष छेकु लामा, वडा–३ की कार्यबाहक अध्यक्ष राममाया प्रजा, प्रमुख प्रशासकीय अधिकृत अमूल श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशीलगायतको आतिथ्यता थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here