17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहत्याको विरोधमा मकवानपुरका पत्रकार आन्दोलित
spot_img

हत्याको विरोधमा मकवानपुरका पत्रकार आन्दोलित

spot_img

हेटौंडा/नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार हत्याको विरोधमा हेटौंडामा प्रदर्शन गरिएको छ । समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशभरीजस्तै मकवानपुरका पत्रकार पनि आन्दोलित भएका छन् ।

हेटौंडाको पल्पसा सभागृहबाट सुरु भएको पत्रकारहरुको प्रदर्शन मकवानपुर उद्योग वाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै स्कुरोडमा गएर सभामा परिणत भएको थियो । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत् पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीले आगो लगाएका थिए । उनको त्यहीं जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा नेपाल पत्रकार महासंघले हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।

- Advertisement - Ad Banner

पत्रकार महासंघको स्थापना दिवससमेत हो । तर, यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इं, महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारी, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, गैरसरकारी संस्था महासंघकी आरती पाठकलगायतले पत्रकार हत्याको विरोध गर्दै दोषीलाई कारबाही माग गरेका छन् ।

नेपाल पत्रकार महासंघले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा पत्रकारको मृत्यु र सञ्चारगृहमा भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । समितिमा महासंघ उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सचिव रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, बैकुण्ठ पराजुली र सबिन प्रियासन सदस्य छन् । समितिले घटनाको विस्तृत अध्ययन गर्न, पीडित पत्रकारहरु र प्रत्यक्षदर्शीसँग छलफल गर्न र पीडितका परिवारसँग जानकारी लिन लागेको छ । समितिको उद्धेश्य घटना कस्तो गरी भयो र महासंघले भविष्यमा कस्तो कदम चाल्नुपर्छ भन्नेबारे प्रतिवेदन तयार गर्नु हो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि