10.1 C
Makwānpur
Homeमकवानपुर विशेषखैरो हेरोइनसहित ६ जना पक्राउ
spot_img

खैरो हेरोइनसहित ६ जना पक्राउ

spot_img

हेटौंडा/मकवानपुर प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार मंगलबार दिउ“सो ३ बजे हेटौंडा–८, ओमनगर टोलस्थित रनिश थापाको घरमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार विशेष सूचनाका आधारमा ३७ वर्षीय थापा, हेटौंडा–१५ का ३२ वर्षीय धनसिं वाइबा र हेटौंडा–८ का ३५ वर्षीय सुनील खड्गीलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा लागुऔष्ध खैरोहेरोइन २ ग्राम २ सय ९० मिलिग्राम फेला परेको थियो । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

- Advertisement - Ad Banner

मकवानपुर प्रहरीले मंगलबार हेटौंडा–१०, न्युरेनीस्थित हुमबहादुर थापामगरको घरबाट लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी टोलीले ४३ वर्षीय थापामगर, हेटौंडा–२, चौकीटोलका २४ वर्षीय विजय आलेमगर र १८ वर्षीय रविन सुनारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा लुकाएर राखिएको १ ग्राम ४ सय ३० मिलिग्राम खैरोहेरोइन फेला परेको जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि