19 C
Makwānpur
Homeमकवानपुर विशेषचैतेधान रोपाईंमा व्यस्त छन् वनकरिया

चैतेधान रोपाईंमा व्यस्त छन् वनकरिया

हेटौंडा/मकवानपुरको मनहरी गाउ“पालिका लोपोन्मुख वनकरिया समुदायले चैते धान रोप्न सुरु गरेका छन् । डेढ दशक अगाडिसम्म खेतीपाती नगर्ने फिरन्ते समुदाय हाल खेतीपाती र पशुपालनमा व्यस्त हुन थालेका हुन् । खेतमा धान राप्दै गरेकी सुन्तली वनकरियाले हरेक वर्ष करिब पा“च क्विन्टल चैते धान भिœयाउने गरेको बताइन् । उनका अनुसार पानी कम हुने भएकाले जम्मा तीन कठ्ठामा मात्र चैते धान रोप्ने गरेकी छन् भने समुदायमा सबैले करिब आफ्‌नो जग्गाको आधा जग्गामा मात्र चैते धान रोप्ने गरेका छन् ।

चैते धानले उक्त समुदायलाई चार महिना सजिलै पुग्ने सुन्तलीको भनाइ छ । उनी भन्छिन्‌–हाम्रो सासु, ससुराले धान रोप्ने गर्नुहुन्थ्यो, किनकि उहा“हरु जंगलमा बस्ने गर्नुहुन्थ्यो, तर हाल हामीलाई करिब खान पुग्ने खेती हामी गर्छौं,’ उनी थप्छिन्‌–हामी धान, मकै, आलु र तरकारीखेती गर्छौं, भैंसी र बाख्रा पालेका छौं । उनका दुई छोरा, पतिहित चार जनाको परिवार छ । खानका लागि खेतीले पुग्ने र बच्चा पढाउन र अन्य खर्चको जोहो गर्न भने कमाउन जानुपर्ने बाध्यता रहेको उनी बताउ“छिन् ।

चार छोरी र तीन छोरासहित ठूलो परिवार रहेको विष्णु वनकरिया पनि चैते धान रोप्न व्यस्त छिन् । उनको हालको दैनिकी आफ्‌नो खेतमा धान रोप्नेमात्र होइन, समुदायका सदस्यकोमा मेलापर्म गरेर बित्ने गरेको छ । बाहिरबाट काम गर्नका लागि कोही पनि नबोलाउने भएका कारण उनीहरु एक अर्काको पर्म गर्ने गरेको उनी बताउ“छिन् । समुदायकी मुखिया सन्तमाया वनकरियालाई पनि चैते धान रोप्न भ्याइनभ्याइ छ ।

उनी विहान सबेर उठेर वीउ काढ्ने गर्छिन् । बालबालिका विद्यालय गइसकेपछि पालैपालो धान रोप्ने गरेको उनी बताउ“छिन् । जेटीए अध्ययन गरेर गाउ“मा नै सेवा गरिरहेकी सन्तोषी वनकरियालाई रोपिरहेको धान भिœयाउ“दाको खुशीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरुपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ । आफू वनमा जन्मेको भए पनि बालापन बिताएको उक्त बस्तीको जमिन आफूहरुका लागि तत्कालीन अवस्थामा बीस वर्षलाई मात्र दिएको र उक्त समय सकिन लागेका कारण आफू चिन्तित भएको उनको भनाइ छ ।

उनका अनुसार समुदायलाई २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनको छेऊमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । वनकरिया समुदायले १८ वर्ष अगाडिसम्म खेती गर्न नजानेको र बालबालिकालाई पनि गाईभैंसीको दूध खुवाउने चलनसमेत नभएको समुदायकी मुखिया सन्तमायाको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो र माछा खाएर जीवन धान्ने गरिन्थ्यो भने हाल खेतीपाती र पशुपालनबाट खान पुग्ने गरेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here