हेटौंडा/मकवानपुरको मनहरी गाउ“पालिका–८ स्थित भित्री सडकखण्डमा २ किलो ५३० ग्राम लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित एक व्यक्ति पक्राउ परेका छन् । फागुन २४ गते राति करिब ८ः२० बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले शंका लागेर ग. ६ प ४५८४ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकलचालक ३२ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मोटरसाइकलको लेगार्डमा प्लास्टिकभित्र लुकाइल्याइएको अवस्थामा अफिमजस्तो देखिने पदार्थ फेला परेको थियो । बरामद गरिएको लागुऔषध तथा मोटरसाइकलसहित तामाङलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले तामाङविरुद्ध मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान अगाडि बढाएको छ ।