11.4 C
Makwānpur
Homeमकवानपुर विशेषजबर्जस्ती करणी मुद्धामा ७ किशोर पक्राउ
spot_img

जबर्जस्ती करणी मुद्धामा ७ किशोर पक्राउ

spot_img

हेटौंडा/मकवानपुर प्रहरीले जबर्जस्ती करणी मुद्धामा ७ जना किशोरलाई पक्राउ गरेको छ । पक्राउ परेका सातै जना किशोर हेटौंडा उपमहानगरका रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार माघ ६ गते विहान करिब ८ः३० बजे हेटौडा उपमहानगरपालिका–२ स्थित वनस्खण्डी मन्दिरभन्दा माथि जंगलमा जबर्जस्ती करणी गरेको उजुरी बुधबार पीडित युवतीले दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाभित्र विभिन्न स्थानमा बस्ने ५ जना आरोपित किशोरहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट जबर्जस्ती करणी कसुर मुद्धामा ५ दिन म्याद अनुमति लिइ प्रहरीले अनुसन्धान कार्य गरिरहेको जनाएको छ । प्रहरीले सोही मुद्धामा शुक्रबार थप २ जना आरोपित किशोरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ । उक्त घटनामा पक्राउ परेका सातजना आरोपित किशोर १८ वर्षभन्दा मुनिका छन् ।

- Advertisement - Ad Banner

किशोरी बलात्कारको आरोपमा पक्राउ परेका सातै जना मकवानपुर बहुमुखी क्याम्पसको कक्षा–१२ मा अध्ययन गर्ने विद्यार्थी छन् । स्रोतका अनुसार किशोरी पनि सोही क्याम्पसको स्नातक तहमा अध्ययन गर्थिन् । उनीहरु आगो ताप्न बहानामा त्यहा“ गएका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि