20 C
Makwānpur
Homeमुख्य समाचारयुवा पलायन रोक्न राज्यद्वारा उचित सम्बोधन

युवा पलायन रोक्न राज्यद्वारा उचित सम्बोधन

हेटौंडा/वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न प्राविधिक तथा व्यावसायिक शिक्षा र सिप उपलब्ध गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका
छन् ।

प्रदेश युवा परिषद्‌ले हेटौंडामा आयोजना गरेको राष्ट्रिय युवा कविता उत्सव उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । ‘म खेलकुद क्षेत्रबाट आएको मान्छे, युवाहरुको भावना र मर्म बुझ्छु । विषयगत् ज्ञान पनि मसँग छ । तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो, जुन पर्याप्त छैन । जसले गर्दा हामीले युवाहरुको क्षेत्रमा उल्लेख्य काम गर्न सकिरहेका छैनौं । फलस्वरुप युवाहरुलाई स्वदेशमा टिकाउनै मुस्किल छ,’ उनले भने ।

परम्परागत् पेसा र व्यवसायको जगेर्ना गर्दै व्यावसायिकरणमा युवालाई सहयोग गर्न सके युवाहरु उत्प्रेरित हुने भन्दै उनले आफ्‌नो कार्यकालमा युवामैत्री उद्यमशीलतासम्बन्धि परामर्श सेवा प्रदान गर्ने, वैदेशिक अध्ययन तथा रोजगारीबाट सिकेका ज्ञान, सिप, प्रविधि, पुँजी र अनुभवलाई देशमै उत्पादनमूलक क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्न पहल गर्ने बताए ।

प्रदेश सचिव बद्रीनाथ गैह्रे र परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुलाई नेतृत्व, व्यक्तित्व विकाससँगै रचनात्मक, सिपमूलक तालिमसँग जोड्‌न सहयोग समन्वय गरिने बताए । साहित्य संगम मकवानपुरले समन्वय गरेको कविता उत्सवमा साहित्यकार मोमिला जोशीले १० वटा कविता प्रस्तुत गरेकी थिइन् । सोही अवसरमा खुला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here