इन्द्रसरोवर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ मा अवस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाले चालु आव २०८१-८२ का लागि अनुमानित बजेट तथा योजना निर्माण गरेको छ ।
संस्थाका अध्यक्ष धनराज महर्जनको अध्यक्षता तथा संस्थाका पूर्व अध्यक्ष समेत रहेका लेखा समिति संयोजक मधुकर कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार केशव कार्की, लेखा समिति सदस्य भरत वाइवा, संस्थाका पदाधिकारी, उपसमितिका सदस्यहरु, व्यवस्थापक सरोज थापामगर, ऋण अधिकृत उमेश बस्नेत लगायतको उपस्थिती रहेको थियो ।
सहकारीले चालु आवका लागि दुई करोड १२ लाख ५० हजार शेयरपुँजी पु¥याउने लक्ष्य राखिएको छ । सहकारीले २१ करोड २५ लाखको कारोबार गर्ने गरी बजेट निर्माण गरिएको संस्थाका व्यवस्थापक सरोज थापामगरले बताए । जसमा बचत १६ करोड ६ लाख ५० हजार र कर्जा लगानीमा १७ करोड गर्ने अपेक्षा रहेको उनले बताए ।
आर्थिक वर्ष २०८०-०८१ को असार मसान्त सम्ममा सहकारीले १७ करोड ७ लाख ७४२ रुपैयाँ बराबरको कारोबार गरेको संस्थाका सुचना अधिकारी उमेश बस्नेतले बताए । सहकारीमा एक हजार ७७३ जना शेयर सदस्यको एक करोड ६६ लाख ३७ लाख दुई सय शेयरपुजीँ रहेको छ भने जगेडा कोषमा एक करोड १९ लाख ९१ हजार ८२१ रुपैयाँ रहेको बस्नेतले बताए । सहकारीले सदस्यलाई ११ करोड ९० लाख ६१ हजार २३७ रुपैयाँ कर्जा लगानी गरेको छ भने १२ करोड ८६ लाख ७७ हजार ७५८ रुपैयाँ बचत संकलन गरेको सुचना अधिकारी बस्नेतले बताए ।