29.4 C
Makwānpur
Homeमुख्य समाचार‘त्यागको मूल्यांकन’ नकुरी पराजुली फर्किए घर
spot_img

‘त्यागको मूल्यांकन’ नकुरी पराजुली फर्किए घर

spot_img

हेटौंडा रास्वपा मकवानपुरका सभापति नै कांग्रेसमा प्रवेश गरेपछि मकवानपुरको चुनाबी माहौल फेरिने संकेत मिलेको छ । सभापति भरत पराजुली कांग्रेसमा फर्किएका हुन् । मकवानपुरमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले आगामी निर्वाचनको सन्दर्भमा दलहरुबीच प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको हो । शालिन र भद्र स्वभावका उनले जिल्लाको पश्चिमी क्षेत्रमा राम्रो राजनीतिक छवि स्थापित गरेका छन् ।

उनले नेतृत्व शैलीप्रति असन्तुष्टि जनाउ“दै पार्टी परित्याग गर्दै सर्लाही पुगेर पार्टी केन्द्रीय सभापति गगन थापास“ग अंकमालसहित आफ्नो पुरानो घर कांग्रेसमा फर्किएका छन् । रास्वपा सभापति रवि लामिछानेले उम्मेद्वारी दर्ताको अघिल्लो दिन फोन गरी त्यागको मूल्यांकन हुने आश्वासन दिएको बताए पनि अन्ततः पराजुलीले आफूले करिब ३ दशक राजनीतिक जीवन बिताएको पुरानै दल रोजेका हुन् ।

- Advertisement - Ad Banner

रास्वपा मकवानपुरले हेटौंडा–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेकै समयमा पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए । उनलाई कांग्रेस सभापति थापाले सोमबार औपचारिकरुपमा पार्टीमा स्वागत गरेका हुन् । पराजुलीसहित रास्वपा मकवानपुरका केही नेता आइतबार राति नै सर्लाही पुगेका थिए ।

कांग्रेस प्रवेश कार्यक्रममा सभापति थापाले लोकतान्त्रिक मूल्य, पारदर्शिता र संगठनात्मक अनुशासनमा विश्वास गर्ने व्यक्तिहरुलाई कांग्रेसले स्वागत गर्ने धारणा राखेका थिए । पराजुलीको प्रवेशले मकवानपुरको राजनीतिक समीकरणमा नया“ सन्देश दिएको उनको भनाइ छ । सामाजिकसञ्जालमार्फत् आफ्नो निर्णय सार्वजनिक गर्दै पराजुलीले पार्टी नेतृत्व शैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टीभित्र सीमित व्यक्तिको प्रभाव, चाकरी प्रवृत्ति, आलोचना अस्वीकार गर्ने संस्कार र आन्तरिक लोकतन्त्र कमजोर हु“दै गएको आरोप लगाएका छन् । आफूहरुले अंगीकार गरेको उद्धेश्य, मूल्य र आदर्श व्यवहारमा विपरीत दिशातर्फ उन्मुख भएको महसुस भएपछि पार्टी छाड्ने निर्णय लिएको उनको भनाइ छ । पराजुलीले भने–सीमित व्यक्तिहरुको प्रभाव, चाकरीवाद, आलोचनालाई अस्वीकार गर्ने संस्कार तथा आन्तरिक लोकतन्त्र कमजोर हु“दै गएको अवस्थाले मलाई निराश बनायो ।

पराजुलीले विहान रास्वपा मकवानपुर सभापतिबाट राजीनामा दिएका थिए । पद त्यागस“गै उनले पार्टीभित्र विचार र योगदानभन्दा आर्थिक हैसियतका आधारमा प्रभाव बढ्दै गएको आरोप लगाएका छन् । पार्टीको आन्तरिक निर्णय प्रक्रियामा असन्तुलन देखिएको भन्दै आफूले नया“ राजनीतिक यात्रा रोजेको उनले बताएका छन् । पराजुलीले वर्तमान नेतृत्वले रास्वपाले स्थापनाकालमा ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता लत्याएको आरोप लगाएका छन् । उनले पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताविपरीत गएपछि बाध्य भएर पार्टी छाड्नुपरेको दाबी गरेका छन् । ‘यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको हु“,’ उनले बताए ।

‘म करिब ३० वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रियरुपमा समर्पित रह“दै आएको थिए“ । २०७९ साउनदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइ संगठन निर्माण र विस्तारमा निरन्तर लागिपरें । जहा“ रहे पनि म सधैं भुईंमान्छेको सेवकका रुपमा जनताको सेवामा समर्पित रहन प्रयासरत् थिए“ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ जस्तो बिकट क्षेत्रबाट १२ हजारभन्दा बढी मत प्राप्त गर्नु मेरा लागि जनविश्वासको प्रमाण थियो,’ उनले भनेका छन्–तर, समयक्रममा पार्टीभित्र देखिएका प्रवृत्तिहरुले मलाई गम्भीररुपमा सोच्न बाध्य बनायो । हामीले जुन उद्धेश्य, मूल्य र आदर्शसाथ पार्टीलाई बुझेका थियौं, व्यवहारमा त्यसको ठीकविपरीत अवस्था विकसित हु“दै गएको महसुस भयो । मैले सधैं इमान्दारी, निष्ठा र जनसेवाभावसाथ राजनीति गरें । कुनै व्यक्तिको चाकरी गर्ने, व्यक्तिगत् स्वार्थका लागि सम्झौता गर्ने वा आर्थिक प्रभावका आधारमा अघि बढ्ने प्रवृत्तिस“ग म सहमत हुन सकिन“ ।

उनले उक्त निर्णयलाई आफ्ना लागि मूल कुरा पार्टी स्थापना गर्दा अघि सारिएको उद्धेश्य र व्यवहारबीचको अन्तर भन्दै जब आदर्शभन्दा फरक बाटो समातिएको महसुस भयो, तब आत्मसम्मान र मूल्यको आधारमा अलग हुने निर्णय गरेको बताए । हाल नेतृत्व तहको मूल्यांकन शैली र व्यवहारका आधारमा भविष्यमा पनि आफू तथा आफ्ना हितैषीहरुको उचित कदर नहुने सम्भावना देखिएको भन्दै उनले यही प्रवृत्ति कायम रहे जनताको हित, कार्यकर्ताको उचित मूल्यांकन तथा संरक्षण हुननसक्ने अवस्था देखिएकाले स्थापनाकालदेखि आबद्ध रहेको पार्टीबाट अलग रहने निर्णय गरेको जानकारी गराएका थिए । पराजुलीस“गै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनाब संयोजक नीराजन बर्तौला पनि कांग्रेस फर्किएका छन् ।

पश्चिम मकवानपुरमा रहेर चुनाबी मतमा प्रत्यक्ष प्रभाव पार्नसक्ने मनहरी गाउ“पालिका निवासी पराजुली २०८१ मंसिर ६ मा सम्पन्न रास्वपा जिल्ला भेलाबाट सर्वसम्मत्रुपमा सभापति पुनः चयन भएका थिए । नेपाली कांग्रेस परित्याग गरी रास्वपामा नेतृत्व सम्हालेका उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–२ बाट उम्मेद्वार बनेका थिए । उक्त निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महेश बर्तौलाले ३४ हजार ९ सय १६ मतसहित विजय हासिल गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का विरोध खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गरेका थिए । पराजुलीले भने १२ हजार ३९ मत ल्याउ“दै तेस्रो स्थान हासिल गरेका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पराजुली पुनः उम्मेद्वार बन्ने इच्छामा थिए । टिकट लिन पार्टी केन्द्रीय कार्यालय पुगेका उनलाई उम्मेद्वारी नदिइएपछि असन्तुष्टि बढेको बताइन्छ । उक्त क्षेत्रबाट २५ वर्षीय प्रशान्त उप्रेतीले टिकट पाएपछि पराजुली रित्तो हात फर्किएका थिए । टिकट वितरणप्रति असन्तुष्टि जनाउ“दै पराजुली कांग्रेस मकवानपुरका नेताहरुस“ग आन्तरिक संवादमा थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि