हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले देशमै गरिखाने वातावरण नबन्दा भदौ २३ र २४ गते नेपालको राजनीतिमा अकल्पनिय अप्राकृतिक प्रकोप भएको बताएका छन् ।
राजनीतिक परिवर्तन भए पनि गरिखाने वातावरण बन्न नसक्दा युवापंक्तिहरु निराश हुन पुगेको उनले उल्लेख गरे । मकवानपुरगढी–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री बानिया“ले विगतको शिक्षा प्रणालीबाट देशमै गरि खाने वातावरण नबन्ने जिकिर गरे । मानिसको जीवनयापनस“ग प्रत्यक्षरुपमा जोडिने प्राविधिक शिक्षा लागु गर्नुपर्नेमा उनले जोड दिए ।
उनले प्राविधिक शिक्षा सञ्चालन गर्न विद्यालय प्रशासनलाई आग्रह गर्दै प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । पढेको विद्यार्थीहरुलाई काम सक्न जोडेर गरिखाने बनाउनुपर्ने उनले उल्लेख गरे । मुख्यमन्त्री बानिया“ले हाल परिस्थितिमा ठगीखाने र मागीखाने शिक्षाको औचित्य सकिएको बताए ।
मुख्यमन्त्री बानिया“ले शिक्षा जीवनयापन गर्ने माध्यम भएको बताए । शिक्षाले मानिसलाई युग सुहाउ“दो दक्ष जनशक्ति बनाउनेसमेत उनले उल्लेख गरे । दक्ष मानिसले आफ्नो जीवनलाई सहज बनाउने उनको धारणा छ । मुख्यमन्त्री बानिया“ले शिक्षालाई मानवको मन्दिरका रुपमा चित्रण गए । शिक्षा प्रणालीमा सुधार गर्न शिक्षकहरुका लागि पनि तालिमको व्यवस्था गर्नुपर्ने उनले बताए । डिजिटल प्रविधिस“ग अभ्यस्त हुने शिक्षा हालको आवश्यकता भएको उनले उल्लेख गरे ।
मुख्यमन्त्री बानिया“ले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्थालाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने बताए । गरिखाने वातावरण नबन्दा नै व्यक्तिहरु लुटपाट र तोडफोडमा संलग्न भएको उनको धारणा छ । मुख्यमन्त्री बानिया“ले जेनजी पुस्ताले सही उद्धेश्य राखेर आन्दोलन गरेको भए पनि व्यवस्था मन नपराउनेहरुले लुटपाट गरेको जिकिर गरे । लोकतन्त्रमा गलत काम गर्ने कसैले पनि छुट नपाउने उनको भनाइ छ । मुख्यमन्त्री बानिया“ले राजनीतिमा अब झुठखेती नचल्ने बताए । राजनीति गर्नेहरुले अब गर्नसक्ने कुरामात्र भन्ने र गर्न नसक्ने कुराहरुको आश्वासन देखाउन नहुने उनले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्द्रबहादुर कार्कीले स्वर्ण महोत्सवको अवसरमा मंसिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने जिल्लास्तरीय खेलकुद प्रतियोगिता, विविध सा“स्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनीलगायत ५८ वटा विभिन्न गतिविधिबारे जानकारी गराएका थिए ।










