29.7 C
Makwānpur
Homeटप न्युजनेता/कार्यकर्ता उतारेर हेटौंडामा एमालेको शक्ति प्रदर्शन
spot_img

नेता/कार्यकर्ता उतारेर हेटौंडामा एमालेको शक्ति प्रदर्शन

spot_img

हेटौंडा/संसद् पुनर्स्थापना र प्रतिगामी शक्तिविरुद्ध नेकपा एमाले मकवानपुरले शक्ति प्रदर्शन गरेको छ । शनिबार हेटौंडामा मोटरसाइकल र्‍याली तथा जनसभा गर्दै एमालेले शक्ति प्रदर्शन गरेको हो ।

मकवानपुरका १० वटै स्थानीय तहका सबै कमिटीहरु मोटरसाइकल र्‍यालीमा सहभागी भएका थिए । करिब १ हजार ५ सय भन्दा बढी मोटरसाइकलमा सवार एमाले नेता तथा कार्यकर्ताहरु हेटौंडाको हुप्रचौरबाट निस्किएर मेनरोड, बुद्धचोक हु“दै मानसचोकबाट मनकामना चोक निस्किएर पुनः हुप्रचौर पुगेर कोणसभामा परिणत भएको थियो ।

- Advertisement - Ad Banner

पश्चिमी मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीका नेता/कार्यकर्ताहरु नवलपुर हु“दै हेटौंडा भित्रिएका थिए भने पूर्वी मकवानपुरको बागमती र बकैयाका नेता/कार्यकर्ताहरु कर्रा पुल हु“दै हेटौंडा बजार प्रवेश गरेका थिए । उत्तरी क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउ“पालिकाका नेता/कार्यकर्ताहरु चौकीटोल हु“दै बजार प्रवेश गरेका थिए भने मकवानपुरगढी गाउ“पालिकाका नेता/कार्यकर्ताहरु पिप्ले हु“दै हुप्रचौर प्रवेश गरेका थिए ।

जिल्ला एमाले नेता सानु लामाको संयोजकत्वमा भएको मोटरसाइकल र्‍यालीलाई व्यवस्थापन गर्न हेटौंडाबाट पश्चिमतर्फ सचिवालय सदस्य हेमलाल उप्रेतीको संयोजन, उत्तरतर्फ सचिवालय सदस्य मेम्बर लोको संयोजन, पूर्वतर्फ सचिवालय सदस्य अनिल बानिया“को संयोजन र बजार क्षेत्रमा उपसचिव फुर्वा दोर्जेलामाको संयोजन थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य रामेश्वर राना, बागमती प्रदेश प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री एवम् नेकपा एमाले बागमती संसदीय दलका प्रमुख सचेतक एकालाल श्रेष्ठलगायत जिल्लाका नेताहरुको आतिथ्यता थियो । कार्यक्रममा करिब ३ हजार ५ सय भन्दा बढी नेता/कार्यकर्ताहरुको उपस्थिति थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता महेशकुमार बर्तौलाले वर्तमान सरकारले फागुन २१ को निर्वाचन गराउन नसक्ने बताए । संवैधानिक, अलोकतान्त्रिक र अवैध सरकारमार्फत् देश चलिरहेको बताउ“दै उनले देशको रक्षाका लागि संसद् पुनर्स्थापना गरेर अघि बढ्नुको बिकल्प नरहेको बताए । संवैधानिक बाटोबाट निर्वाचनमा जाने बताउ“दै उनले भने–हामी निर्वाचनमै जा“दैनौ भनेका छैनौं । तर, संवैधानिक बाटोबाट चुनावी प्रक्रियामा होमिनुपर्छ भनेका हौं । संसद् पुनर्स्थापनापछि जेनजीलाई समेटेर संविधान संशोधन गर्छौं । अनि, निर्वाचनमा सहभागी हुन्छौं ।

संसद् पुनर्स्थापनामा अन्य दलहरुले चासो नदिएको संकेत गर्दै उनले संविधान अभियानहरुमा पनि पक्ष र विपक्षमा क्रियाकलापहरु भइरहेको बताउ“दै उनले भने–मानौं, यस देशमा एकातिर नेकपा एमाले छ, अरु सबै दलहरु अर्कातिर उभिएर एमालेविरुद्ध गतिविधिहरु गरिरहेका छन् । तर, एमाले एक्लै परे पनि संविधान र देशको रक्षामा अडिक भएर उभिन्छ ।

नेता बर्तौलाले नेकपा एमालेका नेताहरु भ्रष्टाचारमा मुछिएका छन् भन्ने गलत भाष्य निर्माण गरेर दललाई कमजोर बनाउन विभिन्न प्रहार भइरहेको बताए । एमालेका नेतास“ग सम्बन्धित भ्रष्टाचारका मुद्धा छन् भने ती सबैमा छानबिन अघि बढाउन सरकारसमक्ष माग गर्दै उनले बोलेर भ्रम फैलाउने भन्दा प्रमाणसहित छानबिन प्रक्रिया अघि बढाउन चुनौती दिए ।

कार्यक्रमका प्रमुख अतिथि स्थायी कमिटी सदस्य भट्टराईले तोडफोडका आधारमा जन्मिएको सरकारविरुद्ध नेकपा एमाले मैदानमा उत्रनुपरेको बताए । उनले एमाले सुशासनको प्रतीक, लोकतन्त्रको संरक्षक र समृद्धिको अगुवा भएको बताउ“दै भने–हाम्रो दलदेखि नेपालमा रहेका नेपालीहरुलाई भन्दा विदेशमा रहेका प्रतिगामी तत्वहरुलाई डाहा छ । त्यसैले भदौ २३ र २४ गतेको घटना विदेशीहरुले रचेको षडयन्त्र हो । एमाले मकवानपुर उपाध्यक्ष हिदम लामाले जेनजी पुस्ताहरु इतिहासलाई केलाएर ठीकढंगबाट अघि बढ्नुपर्ने बताए । उनले संविधान रक्षाका लागि एमाले पार्टीले मात्र भूमिका खेल्नसक्ने बताउ“दै यस अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि