29 C
Makwānpur
Homeमुख्य समाचारपुर्जाविहीन भूमिहीनको पीडामाथि विजय
spot_img

पुर्जाविहीन भूमिहीनको पीडामाथि विजय

spot_img
हेटौंडा/भदौको चर्को घाम पार गर्दै टाढा–टाढाबाट पैदल हि“डेर आएका मानिस लामबद्ध छन् । उनीहरुको उत्साह देख्दा लाग्छ–यहा“ कुनै भव्य पर्व मनाइ“दै छ । किनकि, कार्यक्रममा भव्य पञ्चैबाजासहित मानिसहरु उपस्थिति थिए, केही ज्येष्ठ नागरिक नाँचगानसमेत गर्दै थिए । तर, यो उत्सव कुनै जात्रा, पर्व वा विवाह उत्सव भने थिएन । यो थियो जग्गाधनी प्रमाण पुर्जाविहीन भूमिहीनको पीडामाथि विजयको दिन ।
६० वर्ष नाघेका दमनबहादुर परियार र जुक्तबहादुर परियारले आफ्‌नै पुर्ख्यौली सिल्प पञ्चैबाजा बजाउ“दै कार्यक्रमको रौनक बढाइरहेका थिए । बाजागाजासहित लालपुर्जा लिन आएका उनीहरुको अनुहारमा विगतका पीडा हराउ“दै नया“ आशाको उज्यालो झल्किएको देखिन्थ्यो । सबभन्दा भावुक क्षण थियो–८१ वर्षीय गीर्भनाथ उप्रेती र ८४ वर्षीया जयकुमारी तामाङको । दाया“ हातमा रातो प्रमाणपत्र (लालपुर्जा) र बाया“ हातमा लौरो बोकेका गीर्भनाथका आ“खामा हर्षका आ“शु छताछुल्ल देखिए । उनी अतिथिलाई खादा लगाइदिएर आभार व्यक्त गर्दै थिए ।
यस दिन देख्न पाएपछि मेरो जीवन धन्य भयो । जन्म लिएको सार्थकता मिल्यो । अब मृत्युले डर देखाउ“दैन,’ उनले भने । जयकुमारीले भावुक स्वरमा भन्दै थिइन्‌–अब हामी सुकुम्बासी भएर होइन, सम्मानपूर्वक मर्न पाउने भयौं । फलाटेका ८२ वर्षीय मनिकबहादुर भुजेल र २००३ सालमा जन्मिएका मकरबहादुर खड्काले पनि लालपुर्जा पाउनुलाई जीवनकै ठूलो सपना साकार भएको बताए ।
५० वर्षको पीडापछिको खुसी
साविकको फलाटे र भुम्लुटार गाविसमा २०३२/३३ सालमै नापजा“च सम्पन्न भए पनि जग्गाधनी प्रमाणपत्र बा“डफा“ट हुन सकेको थिएन । सीमाना विवाद, नापीमा भएको त्रुटि, कागजातको अद्यावधिक अभाव, भुकम्प र महामारीजस्ता विपत्तिले समस्या झन् गहिरो बनाइदिएको थियो ।
जग्गाधनी प्रमाणपत्र नभएकै कारण उनीहरुले आफ्‌ना घरजग्गा धितो राखेर ऋण लिन सकेनन्, भुकम्पपीडित राहत पाउन सकेनन् र सरकारी योजनाबाट बञ्चित भएका थिए । यस अवस्था ५ दशक अर्थात् ५० वर्षसम्म रह्यो । लामो प्रतीक्षा र संघर्षपछि ३ सय ८२ घरधुरीलाई एकसाथ जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, सांसद् गोकुल बा“स्कोटा, प्रदेश सांसद् लक्ष्मण लम्साल, नापी विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।
भुम्लु गाउ“पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले अब आफ्‌नो पालिकाका कुनै पनि नागरिकले लालपुर्जाविहीन हुनुनपर्ने प्रतिबद्धता जनाए । उनले लालपुर्जा लागि निवेदन दिएका बा“की परिवारलाई पनि छिट्टै लालपुर्जा वितरण हुने जानकारी दिए । ॅबा“की घरधुरीलाई पनि छिट्टै लालपुर्जा उपलब्ध गराउने तयारी भइरहेको छ । अब भुम्लुका कुनै पनि नागरिकले लालपुर्जा नभएर पीडादायी जीवन बिताउनुपर्ने छैन,’ उनले भने ।
उपाध्यक्ष जीतेन्द्रमान लामाले भूमिहीनको अधिकार सुनिश्चित गर्नु गाउ“पालिकाको पहिलो प्राथमिकता भएको बताए । पूर्वअध्यक्ष गुमानध्वज कु“वरले संघर्षको लामो यात्रा स्मरण गर्दै जनप्रतिनिधि, कर्मचारी, प्राविधिक सबैको निरन्तर प्रयासले सम्भव भएको बताए । नापी कार्यालय काभ्रेका प्रमुख अशोककुमार भुसालले भुम्लुमा भएको कठिनाइ, प्राविधिक अवरोध र ५० वर्षदेखि थन्किएका फाइल कसरी अद्यावधिक गरेर समाधान गरिएको भन्ने तथ्य प्रस्तुत गरेका थिए । उनले २०३० मा नापी हु“दादेखिका कागजात अध्ययन गर्न निकै कठिनाइ भएको उल्लेख गर्दै यस कार्यमा खटिने सबै कर्मचारीप्रति आभारी रहेको बताए । कार्यक्रममा ज्येष्ठ नागरिकहरूले लालपुर्जा पाउनका लागि आफ्‌ना संघर्षका कथा सुनाउ“दै गर्दा उपस्थित धेरैका आ“खा रसाएका थिए ।
कार्यक्रममा भूमि व्यवस्थामन्त्री अधिकारीले भूमिहीनको समस्या समाधानलाई मन्त्रालयको प्राथमिकतामा राखेको जानकारी दि“दै यस अभियानलाई छिट्टै देशभरि फैलाउने प्रतिबद्धता जनाए । लालपुर्जाविहीन भुम्लुका ७ र ८ गरी २ वडामा २०३२/३३ को नापीको तथ्यगत् विवरणअनुसार नक्सा २२ थान, फिल्डबुक १७ थान र ६ ठेली थियो । जम्मा कायम कित्ता संख्या ६ हजार ५ सय ५१ रहेकोमा व्यक्तिविशेषको नाममा दर्ता कित्ता संख्या ५ हजार १ सय ५ र दर्ता बा“की कित्ता संख्या ८ सय ८९ थियो । अरु सरकारी सार्वजनिक प्रकृतिको जग्गा कित्ता संख्या २ सय १२ रहेको नापी कार्यालय काभ्रेले जनाएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि