29 C
Makwānpur
Homeमुख्य समाचारआउँदैन ‘सानो हँ’ भन्ने फिलिङ्ग्स ७१ मन्त्रीमध्ये कान्छा मन्त्री तामाङ
spot_img

आउँदैन ‘सानो हँ’ भन्ने फिलिङ्ग्स ७१ मन्त्रीमध्ये कान्छा मन्त्री तामाङ

spot_img
सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशमा नवगठित मन्त्रिपरिषद्को खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री हुन् कृष्णकुमार तामाङ । नेपाली कांग्रेसका इन्द्रबहादुर बानिया नेतृत्वको मन्त्रिपरिषद्का १४ मन्त्रीमध्ये कान्छा मन्त्री हुन् तामाङ । बागमतीका मन्त्रीहरुमा मात्र होइन, उनी ७ प्रदेशका मन्त्रीमध्येकै कान्छो मन्त्री रहेको पाइएको छ । २०४९ मंसिर २५ गते जन्मिएका हुन् तामाङ ।
बागमतीमा उनीसहित १४ मन्त्री रहेकाको उनी सबभन्दा कान्छा मन्त्री हुन् भने ११ सदस्यीय मन्त्रिपरिषद् रहेको मधेस प्रदेश, १२ सदस्यीय मन्त्रिपरिषद् रहेको लुम्बिनी प्रदेश, ९ सदस्यीय मन्त्रिपरिषद्को गण्डकी प्रदेश, ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कोशी प्रदेश, ९ सदस्यीय मन्त्रिपरिषद् रहेको सुदूरपश्चिम प्रदेश र ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णाली प्रदेश सरकारमा पनि ३५ वर्ष भन्दा कम उमेरका मन्त्री छैनन् ।
यसरी सातै प्रदेशका सात मुख्यमन्त्रीसहित ७१ मन्त्रीमध्ये कान्छा मन्त्री हुन् बागमतीका तामाङ । गत आमनिर्वाचनमा सिन्धुपाल्चोक निर्वाचन क्षेत्र २ (२) बाट प्रत्यक्ष निर्वाचित तामाङको यो नै पहिलो संसदीय यात्रा हो । पहिलो संसदीय यात्रामै प्रदेशका मन्त्री बनेका उनी उमेरले जम्मा ३२ वर्षमात्र भए । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएका तामाङ विद्यार्थी अवस्थादेखि नै कांग्रेस राजनीतिमा लागेका थिए । सिन्धुपाल्चोककै सरस्वती माध्यमिक विद्यालयमा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको सदस्यता प्राप्त गरेका उनी सोही समयदेखि राजनीतिमा होमिएका हुन् । कक्षा–७ देखि १२ कक्षासम्म पढ्दै गर्दा उनी विद्यार्थी संघमा सक्रिय भए । काठमाडौंको पशुपति क्याम्पसमा ११ र १२ पढेका तामाङ क्याम्पस लेबलमा पनि कांग्रेस राजनीतिमै सक्रिय भए ।
उमेर २१ वर्षको थियो । गाउ“मा तरुण दलको अधिवेशन थियो । तरुण दलको अधिवेशनका लागि उनी सिन्धुपाल्चोक फर्किए । उक्त अधिवेशनबाट उनी नेपाल तरुण दल सिन्धुपाल्चोकको सदस्य बने । सोही क्रमबाट उनको जिल्लागत् राजनीति सुरु भयो । सोपश्चात् वडा कार्यसमिति, क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिमा समेत रहेर उनी राजनीतिक दलका सक्रिय रहे ।
नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेका उनी १३ औं महाधिवेशनबाट तत्कालीन थकनी गाउ“विकासको गाउ“ एकाईं समितिको सभापति बने । त्यतिबेला उनको उमेर २३ वर्षको थियो, गाविसभित्र हरेक क्रियाकलापमा सर्वदलीय बैठकको निर्णय नै सर्वमान्य हुन्थ्यो । कांग्रेस जिल्लाको ठूलो रहेका कारण सानै उमेरमा पनि तामाङले गाविस नै चलाउन खोज्थे ।
ॅउमेर सानै थियो, तर पनि म सानो हु“ भन्ने फिलिङ्ग्स नै नआउने,’ ती दिनहरु स्मरण गर्दै उनी भन्छन्‌–ठूलो दलको हैसियतले पनि निर्णय प्रायः मेरै पक्षको आउ“थ्यो । २०७२ सालको भुकम्पपश्चात् गाउ“ फर्केको मैले पीडितहरुलाई उद्धारदेखि राहत वितरणसम्म धेरै भूमिका निर्वाह गर्न पाए“ । सोही परिणामले पनि हो कहिल्यै कांग्रेसले नजित्ने वडामा कांग्रेसको गढ बन्न पुग्यो ।
जनप्रतिनिधिको यात्रा
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी मेलम्ची नगरपालिका–४ को वडा सदस्य उम्मेद्वार बने । वडा अध्यक्षमा भने उनका आफ्‌नै काका दमाइसिंह तामाङलाई अघि सारे । उनकै सक्रियतामा वडा कमिटीमा कांग्रेसका ४ जना निर्वाचित भए । दलित महिला सदस्यमा भने नेकपा एमालेकी उम्मेद्वार निर्विरोध निर्वाचित भइन् ।
उतिबेला उनको वडामा कांग्रेसको सदस्य मुस्किलले २६/२७ जनामात्र रहेकामा आफ्‌नै मेहनतले ४ जना निर्वाचित गराउन सकेको उनको अनुभव छ । दुई वर्ष गाउ“मा बसेर गरेको विकास, युवाहरुलाई एकजुट बनाएको र गाउ“मा आधारभुत आवश्यकता पूर्तिका लागि खेलेको भूमिकाले नै आफूले मात्र नभएर कांग्रेसको सिंगो टिम नै सफल भएको उनी
सुनाउछन् ।
अनि प्रदेशको यात्रा
यसरी विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका उनी स्थानीय जनप्रतिनिधि भइसकेपछि गाउ“मा बिजुली, सडक, खानेपानी र शिक्षाको पहु“च बृद्धि गर्न सकिएको उनको भनाइ छ । ५ वर्ष वडामा बसेर गरेको विकासनिर्माणको काम देखेरै २०७९ को आमनिर्वाचनमा कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र सिन्धुपाल्चोक २ (२) को टिकट तामाङको हातमा थमाइदियो ।
सोही निर्वाचन क्षेत्रबाट कांग्रेसका अग्रज नेताहरु पनि प्रदेश सांसद्को लाइनमा थिए । जिल्लाका पुराना नेता पासाङ दोङ, सागर श्रेष्ठ, निमा लामा, विष्णु खड्कालगायत उनीसहित आधा दर्जन नेताहरु सांसद्को लाइनमा थिए । कांग्रेस सिन्धुपाल्चोकका सभापति जितबहादुर दोङले सांसद्को टिकट कृष्णकुमारको पोल्टामा दिए । पहिलो प्रयासमै सजिलै टिकट पाएका उनी १७ हजार ७ सय ५७ मत ल्याएर बागमती प्रदेशसभामा इन्ट्री भए । नेकपा एमालेका उम्मेद्वार हस्तबहादुर पण्डितलाई १ हजार ५ सय ५ मतान्तरले पराजित गरेका तामाङ कांग्रेस–माओवादी गठबन्धनका साझा उम्मेद्वार थिए ।
लामाको साथमा हु“दा सचिव
संसदीय यात्रा सुरु भएपछि उनी बागमती प्रदेशका निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामाको साथमा लागे । कांग्रेस बागमती संसदीय दलको नेताका लागि लामा र वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानिया“बीच चुनावी प्रतिस्पर्धा भयो । उतिबेला कृष्णकुमार, लामाका विश्वासपात्र थिए । उतिबेला बहादुरसिंह लामा २१ मतसहित दलको नेता विजयी भए ।
लामा दलको नेता भएपछि कृष्णकुमारलाई संसदीय दलको सचिवको जिम्मेवारी दिए । सानैदेखि राजनीति जानेको र सचिवालय सम्हाल्न सक्ने क्षमता देखेको भन्दै ३७ सांसद्मध्ये कृष्णकुमारलाई नै दलको कार्यालयको सचिवको जिम्मेवारी दिइएको थियो । लामा दलको नेता हुञ्जेल कृष्णकुमारले पनि सचिव पद सम्हालिरहे ।
जब इन्द्रबहादुर बानिया“ले १७ सांसद्को हस्ताक्षरसहित तत्कालीन दलका नेता लामाविरुद्ध दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गर्न पुगे, तबदेखि कृष्णकुमारले लामाको साथ छाडेको चर्चा चल्यो । बानिया“ले दलको कार्यालयमा दर्ता गर्न ल्याएको पत्रको विषयमा जानकारी नगराएको भन्दै लामा पक्षका सांसद्हरु उनीस“ग असन्तुष्ट देखिए । हुन त, उनले लामाविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिएनन् । तर, उनको गन्ती बानिया“ समूहमै थियो ।
बानिया“तिर लागेपछि मन्त्री
साउन १४ गते कांग्रेस बागमती संसदीय दलको नेताका लागि बानिया“ र लामाबीच चुनावी प्रतिस्पर्धा भयो । लामाले १४ मत प्राप्त गरे । बानिया“ २२ मतसहित विजयी भए । चुनावी दिनमा भने बानिया“ जिताउनतिर कृष्णकुमारको दौडधुप बढ्यो । बानिया“को प्रतिनिधिकै रुपमा उनी खडा भए ।
अविश्वास प्रस्ताव दर्ता गराउनेदेखि दलको नेताको चुनावसम्ममा साथ दिएका कारण कृष्णकुमार मन्त्री बन्ने चर्चा पक्कापक्की जस्तै थियो । तर, विकासे मन्त्रालय नै पाउलान् भन्ने चाहिं कांग्रेसकै धेरै सांसद्हरुले आ“कलन गरेका थिएनन् । उनी युवा तथा खेलकुद मन्त्री बन्ने चर्चा चुलिएको थियो । साउन २० गते मुख्यमन्त्री बानिया“सहित मन्त्रीहरु सपथग्रहण समारोहमा उपस्थित भए । कार्यक्रम सुरु हुनै बा“की थियो । एमालेका ६ मन्त्री, कांग्रेसका मुख्यमन्त्री बानिया“ र कांग्रेसबाट मन्त्री नियुक्त भएका शिवराज अधिकारी मञ्चमा देखिए । उतिबेलासम्म तामाङको चर्चा थिएन ।
जब सपथग्रहण कार्यक्रम सुरु हुनै लाग्यो, तब उनी सेतो दौरासुरुवालमा हल्का खैरो रंगको कोट लगाएर मञ्चमा उक्लिए । त्यतिबेलासम्म उनलाई कुन मन्त्रालय दिन लागियो भन्ने विषयमा सबै अनविज्ञ नै थिए । जब प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले नवनियुक्त मन्त्रीको नाम र जिम्मेवारी पाएको मन्त्रालयको नाम उच्चारण गरे, तब कांग्रेसका धेरै सांसद्हरु सपथग्रहण समारोहबाट उठेर हि“डे । सानो उमेरका सांसद्लाई विकासे मन्त्रालय दिइएको भन्दै कांग्रेसभित्र असन्तुष्टि पोखियो । तर, त्यो केही दिनमै साम्य भइसकेको मन्त्री तामाङ बताउ“छन् ।
जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु
उमेर सानै भए पनि शीर्ष नेताहरुको साथ र सहयोगले मन्त्री बन्ने अवसर प्राप्त भएको उनको अनुभव छ । मन्त्री नियुक्त हु“दै मन्त्रालय सम्हालेको १ महिना पुग्न लागेको अवस्थामा धेरै कुराहरु अनुभव गर्न पाएको बताउ“दै उनी भन्छन्‌–यस मन्त्रालय प्रत्यक्ष नागरिकस“ग जोडिएको मन्त्रालय हो । नेताहरुले विश्वास गरेर ठूलो जिम्मेवारी दिनुभएको छ । यस जिम्मेवारी म इमान्दारीसाथ पूरा गर्नेछु ।
उनले थपे–खानेपानी मन्त्रालयले हालसम्म कुनै ऐन निर्माण गरेको अवस्था रहेनछ । पहिलो दिनदेखि नै मैले प्रदेश खानेपानी ऐन जारी गर्नका लागि गृहकार्य गरिरहेको छु । यसको मस्यौदा तयार हु“दैछ । त्यस फाइल अर्थबाट सहमति लिएर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाएको छु । संघीय खानेपानी ऐन जारी भइसकेको अवस्थामा प्रदेशले पनि आफ्‌नो ऐन निर्माण गर्नुपर्छ भनेर लागिपरेको छु ।
आफ्‌नो मन्त्रालयलाई नीतिगत् सुधारको खा“चो रहेको पाइएको मन्त्री तामाङ बताउ“छन् । बजेटको बेतिथि अन्त्य गर्न कानुन निर्माणतर्फ आफू केन्द्रित भएको उनको भनाइ छ । नीतिगत् सुधारपछि हामीले कसैलाई दबाब दिन पनि पर्दैन । नीतिनियमबाट योजना सञ्चालन गर्ने कानुन बनाएपछि कसैलाई अन्याय हु“दैन,’ उनले भने ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि