31.7 C
Makwānpur
Homeमुख्य समाचारजनकल्याण सहकारीको साधारणसभा
spot_img

जनकल्याण सहकारीको साधारणसभा

spot_img

हेटौडा/हेटौडा-६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् सहकारी अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

साधारणसभामा संस्था अध्यक्ष पौैडेलले संस्थागत् प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दीपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो । संस्थापक शेयर सदस्य जीवकुमारी दंगाल, बद्रीबहादुर पाठक, भुपेन्द्रकुमार गौतम र बासुदेव अधिकारी, सञ्चारकर्मी भावना रिजाललाई सम्मानित गरिएको थियो ।

- Advertisement - Ad Banner

ज्येष्ठ सदस्य सीतादेवी चौलागाईं र चेतनाथ गौतम, मासिक बचतकर्ता भवानी अधिकारी र रामबहादुर राई, असल कारोबारगर्ने रिता कँडेल र रमेशकुमार बानियाँ, उद्यमी गोपाल दाहाल र जमुनादेवी पराजुली र सदस्यता वृद्धिमा सहयोग गर्ने मधुकुमार दंगाललाई पुरस्कृत गरिएको थियो । बाल बचतकर्ता अदीति ओझा, आयांश सापकोटा, उत्कृष्ट विद्यार्थी पूर्वजा न्यौपाने, समर्पण न्यौपाने, विशेषता तिमल्सिना, प्रमिश थापा र प्रीति अधिकारी, आयुषा गौतम, सारिका शाह, प्रनिस श्रेष्ठ र सशांक वाग्लेलाई सम्मानित गरिएको थियो । कार्यक्रममा डा. अस्मिता ओलीपाठक, रैशा मैनाली र प्रमिशा पौडेललाई समेत सम्मानित गरिएको थियो ।

साधारणसभामा वडा सदस्य विजय पौडेल, संंस्थापक अध्यक्ष बासुदेव अधिकारी, निवर्तमान अध्यक्ष रघुप्रसाद आचार्य, राष्ट्रबैंकका उपनिर्देशक रमेश चौलागार्इं, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव वीरेन्द्र ढुंगाना, हेटौंडा सहकारी अध्यक्ष इन्द्रबहादुर बस्नेत, साईराम सहकारी अध्यक्ष राजेन्द्रप्रसाद पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारी अध्यक्ष उदय बिडारी, वंशगोपाल दुग्ध सहकारी उपाध्यक्ष केशब धिताल, संस्था सचिव रोमबहादुर न्यौपानेलगायतको आतिथ्यता थियो ।

करिब ३ हजार शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी २ करोड ६० लाख, निक्षेप २४ करोड ६७ लाख र कर्जा लगानी २० करोड ११ लाख रहेको व्यवस्थापक दीपेन्द्र गौतमले बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि