31.7 C
Makwānpur
Homeमुख्य समाचारसबै पालिकामा प्लाष्टिकजन्य फूलमा रोक
spot_img

सबै पालिकामा प्लाष्टिकजन्य फूलमा रोक

spot_img

मञ्जु मैनाली

हेटौंडा/हेटौंडा बजारमा प्लाष्टिकजन्य फूल र गुच्छा बिक्रीवितरणमा राखिएको छ्यापछ्याप्ती पाइन्छ । नेपाल सरकारले प्लाष्टिकजन्य फूलगुच्छा बिक्रीवितरणमा रोक लगाएको भए पनि तिहार सुरु भएसँगै हेटौंडा बजारमा प्लाष्टिकजन्य फूल र माला बिक्रीवितरणमा राखिएका छन् ।

- Advertisement - Ad Banner

अन्य जिल्लाबाट आयात भएका प्लाष्टिकजन्य फूल र गुच्छाका कारण मकवानपुरमा फूलखेती गर्ने किसान प्रत्येक वर्ष मर्कामा पर्ने गरेका छन् । प्लाष्टिकजन्य फूलमाला बिक्रीवितरण गरेको पाइए तुरुन्त जफत गरी डिस्पोज गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए ।

हेटौंडा उपमहानगरमात्र नभइ मकवानपुरका सबै पालिकामा प्लाष्टिकजन्य फूल र गुच्छामा रोक लगाइने उनले बताए । मकवानपुरमा फूलको राम्रो उत्पादन हुने भएकाले प्लाष्टिकजन्य फूलले किसानलाई निरुत्साहित गर्ने कारण प्लाष्टिकजन्य फूल र माला बिक्रीवितरणमा कडाइसाथ रोक लगाइएको उनको भनाइ छ । नेपाल सरकारले रोक लगाएको हुँदा स्थानीय पालिकाले प्लाष्टिकजन्य फूल र माला नष्ट गर्न अनुरोध गरेका छन् ।

२०७९ साउन ११ को नेपाल राजपत्रअनुसार नेपाल सरकारले नेपालभर प्लाष्टिकजन्य फूलगुच्छा उत्पादन, आयात, बिक्रीवितरण वा भण्डारणमा पूणर्रुपमा रोक लगाएकाले उक्त कार्य नगर्न/नगराउन अनुरोध गर्दै प्रचलित कानुनविपरीतका गतिविधि/क्रियाकलाप सञ्चालन गरिएको पाइए प्रचलित सम्बद्ध कानुनबमोजिम कारबाही हुने प्रशासनले बताएको छ । तिहार सुरु भए पनि प्राकृतिक फूल र माला बिक्री नभएको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । यस निणर्यले फूलखेती गरेका किसानहरु खुशी भएका छन् भने सरकारको निणर्यअनुसार अनुगमन र कार्यान्वयन पनि प्रभावकारीढंगले भइदेओस् भन्ने चाहन्छन् ।

वातावरण विभागले शुक्रबारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्रीवितरण रोक्न माइकिङ तथा अनुगमन गरेको छ । तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात र बिक्रीवितरणमा रोक लगाएको हो । बिहीबार वातावरण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्रीवितरणमा रोक लगाएको सरकारले शुक्रबारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गरिएको बताए ।

उनले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री, वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीबारको सूचनामार्फत् सचेत गराएको बताए । उनले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रीवितरणमा रोक लगाउने सरकारको उद्धेश्य रहेको बताए ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताए । उनले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण
गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपियाँसम्म जरिवाना गरिने बताए ।

उनले अनुगमनका क्रममा सरकारको निणर्यविपरीत कुनै कार्य गरेको पाइए वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४) को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपियाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपियाँसम्म जरिवाना हुने सूचनामा उल्लेखअनुसार नै कारबाही गरिने बताए ।
चहलपहल बढ्यो, घट्यो व्यापार

नेपालीहरुको दोस्रो महान् पर्व शुभ दीपावली (तिहार) को रमझम सुरु भइसकेको छ । बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारण र कामका सिलसिलामा घरभन्दा बाहिर गएकाहरु घर फर्केर आउने क्रम बढेसँगै हेटौंडा बजार क्षेत्रमा चहलपहल बढेको हो । तर, चहलपहल बढे पनि बिगतको तुलनामा यस वर्ष व्यापार घटेको व्यवसायीहरु बताउँछन् ।

तिहारको समयमा अन्य सामग्रीभन्दा बढी भाइमसलाको व्यापार अलि बढी हुने गरेको पाइन्छ । भाइटीकाको दिनमा सप्तरंगी टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई सँगुनका रुपमा दिने भाइमसला हेटौंडाको प्रमुख चोकदेखि गल्लीगल्लीसम्म बिक्रीका लागि राखिएका छन् ।

भाइमसलाको मूल्य बढेर आएको छ । यस वर्ष बजारमा काजु, किसमिस, ओखर, बदाम, छोकडा, पेस्ता र नरिवल सबैको भाउ बढेको बुद्धचोकका व्यापारी महेन्द्रमान श्रेष्ठले बताए । अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यापार आधा घटेको भन्दै उनले भाइटीका आउन अझ केही दिन बाँकी रहेकाले थप व्यापार हुने आश गरिएको बताए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि