20.1 C
Makwānpur
Homeबिचारचेस र नेपाली राजनीति जहा“ राजा कहिल्यै मर्दैन
spot_img

चेस र नेपाली राजनीति जहा“ राजा कहिल्यै मर्दैन

spot_img

राजुराम राउत
चेस, कसैले यसलाई बुद्धिमानको खेल भन्छन् । यो खेललाई कसैले रणनीतिक युद्ध भन्छन् । तर, गहिरो गरी हेर्ने हो भने, यो खेल बुद्धिभन्दा पनि निरंकुश सोचबाट ग्रस्त भएको पाउछौं । खेलमा एउटा राजा हुन्छ–अचल, कमजोर, तर असिमित शक्तिसहितको सबैको केन्दबिन्दु । त्यस राजालाई बचाउन सिपाही, घोडा, हात्ती, उंट र प्रधानमन्त्री
(क्विन) ले ज्यानकै बाजी लगाउंछन् । खेलभरि तिनै मरिरहन्छन् । तर राजा कहिल्यै मर्दैन, मात्र बन्दी हुन्छ । यही त हो ‘चेकमेट’ खेल सकिन्छ, तर राजाको मृत्यु हु“दैन ।
यो खेलको संरचना नै यस्तो छ कि खेलाडीले आफैं पनि आफ्नो मालिक बचाउन ज्यान हातमा लिएर हिंड्छन् । यही कारणले यो खेल प्रतीकात्मक रूपमा निरंकुश शासनको प्रतिरूप हो । शक्ति एउटा कुर्सीमा सीमित, अरू सबै उसको रक्षा गर्न जन्मिएका पात्रहरू । यही सोचले आजको नेपाली राजनीतिलाई पनि कसरी बेरिरहेको छ भन्ने कुरा बुझ्न धेरै टाढा जानु पर्दैन– किनभने यहा“ पनि राजा मर्दैन, केवल अनुहार बदल्छ ।

राजनीतिका खेलाडी र चेसका मोहरा ः
नेपाली राजनीतिमा पनि राजाको जस्तै कुर्सी हुन्छ, प्रधानमन्त्री, सभामुख वा पार्टी अध्यक्षका नामधारी । त्यो कुर्सीकै रक्षा गर्न सिपाहीजस्ता कार्यकर्ता, उंटजस्ता सल्लाहकार, घोडाजस्ता नेता, हात्तीसरह शक्तिशाली
ब्यूरोक्याटहरू सक्रिय रहन्छन् । जसरी चेसमा मोहराहरू आफ्नो ज्यान दिएर राजालाई बचाउंछन्, यस्ता राजनीतिक मोहराहरू पनि आफ्नो पद, इमान र कहिलेकाहीं नैतिकतासमेत गुमाएर कुर्सी बचाउने मेसोमा देखिन्छन् ।

- Advertisement - Ad Banner

राजा भने हरेकचोटि बा“च्छन् । कुनै प्रधानमन्त्रीले गल्ती गरे पनि उनलाई ‘बन्दी’ बनाइन्छ । अर्थात् आलोचना त हुन्छ, तर अन्ततः फेरि अर्को चुनावमा फर्किन्छन् । कतिपय त दशकौंदेखि यही खेलमा छन्, मानौं उनीहरू
‘राजाको विशेष संस्करण’ हुन, न मर्ने, न हराउने ।
‘चेकमेट’ः

तर कहिल्यै अन्त्य नहुने खेल ः
चेसमा जब राजा घेरिन्छ, खेल समाप्त हुन्छ । राजनीतिमा पनि कहिलेकाहीं यस्तो ‘चेकमेट’ देखिन्छ– जनताको आन्दोलन, संसद विघटन, वा घोटाला । तर, नेपालमा त्यो चेकमेट त केवल अभिनयजस्तै हुन्छ– कहिले देखिने कहिले देखाईने । जनता सोच्छन्, अब राजा गयो’ तर केही महिनामै त्यही राजा अर्को पार्टीको ब्यानरमुनि फेरि बा“चेर आईरहेको पाउंछौं ।

यो चेसको नियमसंग ठ्याक्कै मिल्दोजुल्दो छ–राजा बन्दी त हुन्छ, तर मर्दैन । राजनीतिक खेलका सिपाहीहरू, अर्थात् सामान्य कार्यकर्ता र जनता–खेलकै बलिदान हुन् । उनीहरू नाराबाजी गर्छन्, सडकमा मर्छन्, जेलमा पर्छन् तर खेलको बोर्डमा ‘राजा’ मात्र स्थिर रहन्छ । राजा बांच्छ, जनता मर्छन् । अनि खेल फेरि नया“ ‘सेटअप’ मा खेल सुरु हुन्छ ।

निष्ठा र अन्धविश्वासको मिलनबिन्दु ः
चेसका मोहराहरू सोच्दैनन्, किन म राजाका लागि मर्छु ? किन राजाको ज्यान मेरो भन्दा ठूलो छ ? उनीहरू केवल आदेश पालना गर्छन् । नेपाली राजनीतिमा पनि यस्तै निष्ठा देखिन्छ– तर त्यो निष्ठा होइन, अन्धविश्वास हो । पार्टीका नेताका हरेक निर्णयलाई ‘धर्म’ मानेर बचाउने कार्यकर्ताहरू, जनताको हरेक असन्तोषलाई ‘विपक्षीको षड्यन्त्र’ भनेर हल्ला फैलाउने प्रचारप्रसार गरिरहेका हुन्छन्– यी सबै चेसका सिपाही हुन्, जो खेलको अर्थ नबुझी राजाको लागि बलिदान हुन तयार हुन्छन् ।

राजाको रक्षा गर्न ‘हात्ती’ र ‘घोडा’– अर्थात् बुद्धिजीवी र व्यापारीवर्ग पनि जुट्छन् । उनीहरू आफ्ना स्वार्थका लागि राजा जोगाउंछन्, किनभने राजाको अस्तित्वमै उनीहरूको व्यापार र प्रतिष्ठा टिकेको छ । अनि जनता ? जनता त संधैंको ‘प्यादॉ– सिधा अगाडि मात्रै हिंड्न पाउने, बलिदान भएपछि मात्रै खेलमा अर्थ राख्ने ।

राजा व्यक्ति होइन, सोच हो ः
तर अर्को दृष्टिले हेर्दा, यो खेलको राजा केवल पात्र होइन–एक सोच हो । राजा त्यो मानसिकता हो, जसले भन्छ– ‘म नभए यो देश चल्दैन ।’ त्यो मानसिकता, जसले राज्यलाई आफ्नो निजी जागिर ठान्छ र जनतालाई ‘कार्यकर्ता’ ठान्दछ । त्यो सोच बा“चिरहेसम्म, राजा कहिल्यै मर्दैन । र जब जनता त्यो सोचसंग लड्न तयार हु“दैनन्, उनीहरू पनि त्यही खेलको मोहरा बन्छन् ।

राजालाई बचाउन बा“की सबै मर्छन्, ताकी राजा फेरि तिनैको बलिदानबाट नया“ सेना बनाउन सकोस् । यही कारणले नेपालमा प्रणाली परिवर्तन त भयो–राजा गए, गणतन्त्र आयो । तर
‘राजसी सोच’ उस्तै बा“च्छ । केवल राजाको नाम
र वेशभूषा मात्र बदलिन्छ, सोच होइन ।

कालो–सेतो घेराको जेल ः
चेसको बोर्डमा कालो र सेता घरहरु हुन्छन् । तर, खेल संधैं दुवै रंगका दासहरूले खेलेको हुन्छन । त्यस्तै, हाम्रो देशको राजनीति पनि देख्नमा ‘विपक्ष’ र ‘सत्ता’ जस्तो दुई रंगमा बिभाजित भएको जस्तो देखिन्छ तर वास्तवमा दुवै एउटै खेलमा संलग्न छन् । आजका ‘सेता’ विपक्षीहरू भोलि ‘कालो’ सत्तामा जान्छन् र खेल उस्तै रहन्छ ।

जनता चाहिं सधैं बोर्डकै बाहिर, दर्शकः
कहिले का“ही लाग्छ, सायद चेसको खेल कुनै कलाकारले होइन, सत्ताप्रेमी समाजले नै बनाएको हो । जसले जनतालाई सिकायो–राजालाई बचाउनु नै गौरव हो । त्यसैले त हामी अझै पनि कुर्सी बा“चोस् भनेर आन्दोलन गर्छौं, तर मूल्य र नीति बा“चोस् भनेर होइन् ।

अन्त्यमाः जब जनता खेलाडी बन्छन्
चेसमा राजा कहिल्यै चल्दैन–राजालाई अरूले नै हिंडाएर जिताउने गरेका हुन्छन् । राजनीतिमा पनि जनता चल्दैनन्, नेताले हिंडाउंछन् । तर, एकदिन जनता आफैं खेलाडी बने भने, खेलको अर्थ बदलिन्छ । त्यो दिन ‘राजा’ होइन, नीति बा“चोस् भन्ने सोच जन्मिन्छ । त्यो दिन ‘चेकमेट’ होइन ‘मेक चेञ्ज हुन्छ ।हो जसरी, चेसको खेलमा सबै मोहराहरू राजाका लागि मर्छन्, तर राजा कहिल्यै मर्दैन । नेपाली राजनीतिमा पनि कार्यकर्ता, जनता, युवा र बुद्धिजीवीहरू मर्छन्–तर नेता बा“चिरहन्छन् । किनभने यहा“ राजनीति होइन, राजसी मानसिकता नै शासन गर्छ । जबसम्म हामी ‘राजा’ लाई सोचको रूपमा चिन्छौं र सोही सोचविरुद्ध बोल्दैनौं, तबसम्म देश यही कालो–सेतो घेराको जेलमा बन्द रहिरहनेछ, जहा“ चेकमेटपछि पनि राजा बा“च्छ, जनता भने मर्छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि