हेटौंडा÷ दोस्रो बृहत् खेलकुद महोत्सवअन्तर्गत् प्रथम राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजना तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको व्यवस्थापनमा हेटौंडा–१०, टीसीएन चौरमा प्रतियोगिता बिहीबारबाट सुरु भएको हो ।
शुक्रबारसम्म हुने प्रतियोगितामा महिलातर्फ ४५ जना र पुरुषतर्फ ७८ जना गरी कुल १ सय २३ खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा महिलातर्फ ४२, ४६, ४९, ५३ र ५७ केजी तौल समूह र पुरुषतर्फ ४८, ५१, ५४, ५८, ६३ र ६८ केजी तौल समूहका खेलाडीहरुको सहभागिता छ । प्रतियोगितामा रुपन्देही, पर्सा, बारा, काभ्रे, काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, दाङ र रसुवा जिल्लाका १÷१ वटा र मकवानपुरका २ टोली गरी १२ टोलीले सहभागिता जनाएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपिया“सहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार ५ सय रुपिया“ प्राप्त गर्नेछन् । । प्रतियोगितामा व्यक्ति विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडीहरुलाई ३÷३ हजार रुपिया“ प्रदान गरिने मकवानपुर जिल्ला तेक्वान्दो संघ अध्यक्ष लालकाजीरत्न बज्राचार्यले जानकारी गराए ।
प्रतियोगिता उद्घाटन गर्दै बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्य लिएको बताएकी छन् । बागमती प्रदेशमा खेलकुदमैत्री वातावरण सिर्जना गरेर पूर्वाधार निर्माणमा जोड दिने लक्ष्य लिएको उनले बताएकी हुन् । मन्त्री नेपालले प्रदेशबाट नवप्रतिभा भएका खेलाडीहरुको खोजी गरेर राष्ट्रियस्तरको प्रतियोगितास“गै अन्तर्राष्ट्रियस्तरसम्मका प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्ने क्षमता विकास गराउने लक्ष्य लिएको उनले बताइन् । उनले ‘एक स्थानीय तह–एक खेल पूर्वाधार’ लाई प्राथमिकता दिने कार्यक्रममा लागिरहेको बताइन् । प्रदेशको खेलकुद नीतिनिर्माण प्रक्रियालाई अगाडि बढाइएको र त्यसले खेलाडीको पहिचानस“गै प्रोत्साहन र भविष्यको सुनिश्चिततालाई प्राथमिकतामा राख्ने दाबी उनले गरेकी छन् ।
खेलकुदले युवाहरुलाई कुलत जस्ता नकारात्मक क्रियाकलापबाट दुरी बढाउ“दै उनीहरुको ऊर्जालाई राष्ट्रनिर्माणमा लैजान प्रेरित गर्ने भएकाले प्रदेशलाई खेलकुदमैत्री बनाउने लक्ष्यसहित अगाडि बढेको उनले स्पष्ट पारिन् । कुनै पनि एक खेलाडी अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएर नेपाली झण्डा उठाएमा नेपालीको शिर गर्वले उच्च हुने भन्दै उनले भनिन्–त्यस क्षणले हामीलाई राजनीतिक विचार भन्दा माथि उठाएर एउटै नेपाली हो भन्ने कुरा पुष्टि गराउ“छ । यही भावना राष्ट्रिय एकताका लागि आवश्यक छ ।
प्रदेश सरकार हरेक समय खेलाडीहरुका लागि संवेदनशील रहेको जानकारी गराएकी उनले नेपालीहरु विश्वकै अग्लो हिमाल सगरमाथाको नामले चिनिएजस्तै सक्षम र सबल खेलाडीहरुको नामले चिनिन सफल भएको बताउ“दै भनिन्–हामीले सही तरिकाले खेलाडीे व्यवस्थापनका लागि के ही गर्न सकेका छैनौं । खेलाडीहरुको मर्म र भावनालाई बुझेर प्रदेश सरकारले गर्नुपर्ने कामबाट पछि नहट्ने उनको प्रतिवद्धता छ । खेलकुद क्षेत्र विकासका लागि छिटै प्रदेशस्तरीय खेलकुद र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्ने उनले बताइन् । यसअघि राष्ट्रिय महिला भलिबल, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन, दौड र जिल्लास्तरीय कराते प्रतियोगिता सम्पन्न भइसकेको छ ।










