22.3 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा१३४ कैदीबन्दी बेखबर ‘भाग्नबाट जोगाएका’ प्रशासक भने पुरस्कृत
spot_img

१३४ कैदीबन्दी बेखबर ‘भाग्नबाट जोगाएका’ प्रशासक भने पुरस्कृत

spot_img

हेटौंडा÷ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन जा“चबुझ आयोगको प्रतिवेदनमा क्षेत्रीय कारागार भीमफेदीका कारागार प्रशासक सुवास पौडेललाई सरकारले पुरस्कृत गर्नुपर्ने उल्लेख गरिएको छ । जेनजी आन्दोलनपश्चात् भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरुलाई ‘भाग्नबाट जोगाएको’ भन्दै उनलाई सरकारले पुरस्कृत गर्न आयोगले सुझाव दिएको हो ।

आयोगले तयार पारेको प्रतिवेदनको पृष्ठ नम्बर ४५४ मा कारागार प्रशासक पौडेलको सक्रियतालाई तारिफ गर्दै पुरस्कृत गर्न सफिारिस गरेको हो । मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारमा तत्कालीन अवस्थामा रहेका १ हजार ६६ जनामध्ये ४ सय ४० कैदीबन्दी कारागारको पछिल्लो गेटबाट भागेका थिए । आन्दोलनपछि हालसम्मको अवधिमा ३ सय ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएर कारागारमा पु¥याएको छ भने १ सय ३४ जना अझै फरार छन् ।

- Advertisement - Ad Banner

जसमा १ सय १२ नेपाली नागरिक छन् भने २८ जना छिमेकी मुलुक भारतका नागरिक रहेको कारागार प्रशासक (जेलर) पौडेल बताउ“छन् । फरार उनीहरुको खोजी प्रहरीले जारी राखेको उनको भनाइ छ । फरार रहेकाहरुमध्ये प्रायः लागुऔषध कारोबारका दोषीहरु हुन् ।

आयोगले सरकारलाई पुरस्कृत गर्न दिएको सुझावपछि कारागारका जेलर पौडेलबारे यतिबेला विभिन्न कोणबाट चासो र प्रश्न उठ्न थालेका छन् । कारागारबाट कैदीबन्दी फरार भएको गम्भीर घटनामा हालसम्म १ सय ३४ जना फरार रहेको अवस्थामा सम्बन्धित निकायका प्रमुखलाई नै पुरस्कृत गर्न सिफारिस गरिनु स्वभाविकरुपमा विवादित देखिएको छ । आमरुपमा हेर्दा कारागार सुरक्षाको प्रमुख जिम्मेवारी जेल प्रशासनकै हुने भएकाले यस्तो ठूलो संख्यामा कैदी भाग्न सफल हुनु व्यवस्थापन र सुरक्षामा कमजोरीको संकेत मानिन्छ । यद्यपि, आयोगले प्रतिवेदनमा उल्लेख गरेअनुसार जेलर पौडेलले संकटपूर्ण परिस्थितिमा थप क्षति हुन नदिन भूमिका खेलेको, बा“की कैदीबन्दीलाई नियन्त्रणमा राख्न सफल भएको वा घटनापछिको व्यवस्थापन प्रभावकारी बनाएको बताएको छ ।

के भन्छन् जेलर पौडेल ?
जेलर पौडेल स्थिति नियन्त्रणमा लिन आफूले उल्लेखनीय भूमिका खेलेको बताउ“छन् । आयोगको प्रतिवेदनमा आफूलाई पुरस्कृत गर्न सुझाव दिएको भन्ने कुरा सुन्नमा आए पनि हेर्न बा“की रहेको बताउ“दै उनले भने–२४ गते सा“झपख ४ सय बढी कैदीबन्दी पछिल्लो गेटबाट भाग्नुभयो । रातको समय पारेर भाग्न लागेकाहरुलाई राति १२ बजेदेखि विहान ४ बजेसम्म फकाएर, सम्झाएर राखें । स्थिति नियन्त्रणमा लिन २÷४ सय राउण्ड हवाईफायरसमेत भयो ।

उनका अनुसार सुरक्षाका लागि ६० जना सशस्त्र प्रहरी र ७० जना नेपाली सेना परिचालन गरिएको थियो । कारागारमा कार्यरत् १५ जना कर्मचारीमध्ये रातको समयमा ५ जनामात्र थिए । आफ्नो नेतृत्वमा कर्मचारीहरुस“ग सहकार्य गर्दै कैदीबन्दीहरुलाई रोक्न सकिएको उनको दाबी छ । जसकारण दोहोरो भिडन्त, आगजनी जस्ता ठूला घटना हुन नपाएको पौडेलले बताए । हालसम्म फरार रहेका कैदीबन्दीको अवस्था भने अज्ञात रहेको उनी बताउ“छन् । उनीहरुको खोजीमा प्रहरीको सक्रियता जारी रहेको जेलर पौडेल बताउ“छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि