27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्वास्थ्य प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

स्वास्थ्य प्रभावकारी बनाउन सरकार प्रतिबद्ध

हेटौंडा/बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार हेटौंडामा लायन्स ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानको पुनर्नभा अस्पताल भवन शिलान्यास गर्दै मन्त्री थापाले बागमती प्रदेशका सबै अस्पतालमा सेवाग्राहीको भिड देखिन थालेको बताए । प्रदेश अस्पतालले प्रदान गर्ने सेवाप्रवाहमा सेवाग्राहीको विश्वास बढ्दै गएको उनको दबवी छ ।

‘प्रदेशमातहत अस्पतालहरुमा प्रदान गरिने सेवाप्रवाह विश्वसनीय र गुणस्तरीय हुँदै गएपछि सेवाग्राहीहरुको भिड देखिन थालेको छ,’ उनले भने–प्रदेश अस्पतालहरुबाट अझ थप सर्वसुलभ र गुणस्तरी सेवा प्रदान गर्न हामी प्रतिवद्ध छौं ।

मन्त्री थापाले प्रदेश अस्पतालहरुमा गुणस्तरीय सेवाप्रवाहका लागि थप योजना बनाएर लाग्ने बताए । उनले स्वास्थ्य सेवामा हेटौंडाले विगतमा भन्दा फड्को मारेको दाबी गर्दै हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् ल्याएपछि अस्पतालले दिने सेवामा सुधार भएको बताए । रिफर सेन्टरका रुपमा चिनिएको हेटौंडा अस्पताल प्रतिष्ठानअन्तर्गत् आएपछि विशेषज्ञ सेवा थपिँदै गर्दा अस्पतालको सेवा प्रभावकारी बनेको उनको भनाइ थियो ।

मन्त्री थापाले आयुर्वेद अस्पताल र आँखा अस्पतालहरुको विस्तार पनि प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै प्रदेशका सबै जिल्लाहरुमा आयुर्वेद अस्पतालहरुलाई व्यवस्थितरुपमा सञ्चालन गर्ने र तिलगंगा आँखा प्रतिष्ठानसँगको सहकार्यमा प्रत्येक जिल्लामा आँखा उपचार सेवा पुर्‍याइने बताए । उनले पुनर्नभा अस्पताल निर्माणका लागि व्यक्तिगत्‌रुपमा १ लाख सहयोग गर्ने घोषणा गरे ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here