19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडादुर्घटनामा ४ जना घाइते

दुर्घटनामा ४ जना घाइते

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिकामा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका ३ जनासहित ४ जना घाइते भएका छन् । सोमबार विहान ५ः३० बजे मनहरी-९, खरंगास्थित पूर्वपश्चिम सडकखण्डमा निजगढ बाराबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च ६८६२ नम्बर स्कर्पियो अनियन्त्रित भइ सडकको बायाँ विद्युत्को पोललाई ठक्कर दिइ सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

घाइते हुनेमा टाउकोमा चोट लागेको बाराको निजगढ-७ का ४५ वर्षीय धनबहादुर स्याङ्तान, अनुहारमा चोट लागेकी स्याङ्तानकी वर्ष ३८ की पत्नी हरिमायाँ लामा, टाउकोमा चोट भएका स्याङ्तानका छोरा १३ वर्षीय यरोश तामाङ र अनुहार र छातिमा भित्री चोट लागेका ३३ वर्षीय सबु लामा छन् । घाइतहरुको तत्काल उद्धार गरी उपचारका लागि मनहरी अस्पताल पठाइएको र सामान्य उपचारपश्चात् विहान ६ः३० बजे भरतपुर चितवन पठाइएको प्रहरीको भनाइ छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here