हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१६ स्थित चिसापानी चोकमा मंगलबार विहान बम जस्तो देखिने शंकास्पद् बाकस फेला परेपछि केही समय स्थानीयमा त्रास फैलिएको थियो ।
विहान चिसापानी बजारतर्फ गएका स्थानीयले उक्त वस्तु देखेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएका थिए । सूचनापछि नेपाली सेना र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर बाकस जा“च गरेको थियो । प्रहरीका अनुसार ॅखतरा’ लेखिएको कागजसहित बाकस जस्तो देखिने वस्तु फेला परेको भए पनि विस्तृत जा“चपछि त्यसभित्र फोहरमात्र रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले हाल घटनास्थलको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । निर्वाचन नजिकि“दै गएकाले यस्ता शंकास्पद् गतिविधि देखिएमा सतर्क रहन प्रहरीले स्थानीयलाई आग्रह गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










