हेटौंडा/नेकपा एमालेबाट विद्रोह गरी नेकपा (एकीकृत समाजवादी) मा लागेर मनहरी गाउ“पालिका अध्यक्ष उम्मेद्वार नारायण श्रेष्ठ चार वर्षको अन्तरालमा पुनः एमालेमै फर्किएका छन् ।
मनहरी गाउ“पालिका वडा–६, भुलचोकस्थित पार्टी कार्यालयमा आयोजित ॅघर फर्क’ कार्यक्रममार्फत् श्रेष्ठसहित ७० जना नेकपा एमालेमा प्रवेश गरेका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष उम्मेद्वार श्रेष्ठले १ हजार ६ सय १४ मत प्राप्त गरेका थिए । लामो समयदेखि विद्यार्थी र युवा राजनीतिमा संलग्न भइ पार्टीको मूल नेतृत्वमा पुगेका श्रेष्ठ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष थिए । श्रेष्ठ पार्टी विभाजनस“गै ठूलो संख्यामा नेकपा (एकीकृत समाजवादी) तर्फ लागेका थिए । उनीस“गै लागेका अन्य नेता तथा कार्यकर्ता पुरानै घरमा फर्किसकेका छन् ।
श्रेष्ठलाई अभियानमार्फत् पार्टीमा जोडाउनका लागि नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र–२ का उम्मेद्वार महेशकुमार बर्तौला, बागमती प्रदेश कमिटी सदस्य तथा निर्वाचन परिचालन कमिटी मनहरी संयोजक एकराज उप्रेती, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा निर्वाचन परिचालन कमिटी सचिव हिदम लामा, संविधानसभा सदस्य राजाराम स्यांतान, गोबिन्दराम चेपाङलगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो । अभियानलाई सम्बोधन गर्दै श्रेष्ठले एकापसमा आएको फुटले पार्टीको हित नभएको र स्थानीय सरकारमा शून्य उपस्थिति हु“दा जनतास“ग पार्टी टाढिने अबस्था आएकाले आगामी दिनमा सुधारेर मजबुत एमाले निर्माणका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली कांग्रेसका पुराना नेता एवम् तत्कालीन राक्सिराङ गाविस सभापति जितन प्रजाले पार्टी छाडेका छन् । केही समयअघि पार्टी छाडेका उनले आफू संयुक्त नागरिक पार्टीका तर्फबाट समानुपातिकतर्फ बन्दसूचीमा उम्मेद्वार बनिसकेको बताए । उनले नेपाली जन्मजात नै कांग्रेस भए पनि पछिल्लो समय कांग्रेस पार्टीले बेवास्ता गरेको आरोप लगाएका छन् ।
उनले आफू दुर्घटनामा परेर एउटा खुट्टा गुमे पनि अटो चलाएर जीवनयापन गरिरहेको बताउ“दै अपांगता कोटाको सदस्यमा समेत कांग्रेसले नराखेकाले मन भा“च्चिएको बताए । नेपाली कांग्रेस मकवानपुर क्षेत्र–२ (ख) समितिमा हाल पनि अपांग कोटा सदस्य रिक्त राखेको तर उक्त कोटामा आफूलाई मनोनीत गर्न आग्रह गर्दा पनि नेतृत्वले नमानेको उनको भनाइ छ ।
कांग्रेसले जिम्मेवारी नदिएपछि र योगदानको कदर नभएपछि आफू बाध्य भएर कांग्रेसको क्रियाशील सदस्यता परित्याग गरी संयुक्त नागरिक पार्टीको समानुपातिकतर्फ उम्मेद्वार बनेको उनले बताए । उनले संयुक्त नागरिक पार्टीको मनहरी गाउ“पालिका–८ स्थित चुनावी सम्पर्क कार्यालयमा कांग्रेसजनले आफूलाई पार्टीका कार्यक्रममा आउन आग्रह गर्ने, आफ्ना परिवारको मतगणना गर्नेलगायत कार्य गरिरहेकाले त्यसो नगर्न उनले आग्रह गरे ।
विघटित प्रतिनिधिसभामा सत्तारुढ दलका प्रमुख सचेतकसमेत रहेका नेकपा एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले मतदातास“गको अन्तत्र्रिmयालाई तीव्र पारेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर–२ बाट दोस्रोपटक चुनावी मैदानमा होमिएका बर्तौलाले कैलाश र राक्सिराङ गाउ“पालिकाका दुर्गम बस्तीहरुमा मतदाता भेटघाट तथा जनसभाहरुमा सहभागिता जनाएका हुन् ।
सांसद् भएर राक्सिराङ र कैलाश क्षेत्रका दुर्गम गाउ“का मान्छेका दुःखहरुलाई संसद् बैठकमा सम्बोधन गरेको र जनताका दुःखमा सहभागी भएको क्षण सम्झेर मतदाताले आशीर्वाद दिनुभएको छ,’ बर्तौलाले भने–जनताका जनजीविकाका विषय र भौतिक पूर्वाधार विकासतर्फका गतिविधिहरुलाई पनि नजिकबाट नियाल्ने अवसरका रुपमा घरदैलो अभियानलाई लिएको छु ।
उनले आफूले ३२ महिना सांसद् भएर संसद्मा खेलेको भूमिका सम्झन आग्रह गरे । भूमि समस्या विधेयकलाई प्रतिनिधिसभाबाट पारित गराउने विषय, मध्यवर्ती र निकुञ्जका समस्या समाधानका लागि तत्कालीन कांग्रेससंग मिलेर गरिएका प्रयासहरु जनताले नजिकबाट हेरिरहेको र त्यसको मूल्यांकन भइरहेको बर्तौलाले बताए । मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तु द्वन्द्वका विषय होस् वा मध्यवर्ती क्षेत्रको सीमाक्षेत्र घटाउने प्रस्ताव नै किन नहोस्, मैले दृढतासाथ संसद्मा विषयहरु लगेको छु,’ बर्तौलाले भने–विकासनिर्माणका काममा पनि सरकारको ध्यानाकर्षण गराउ“दै आवश्यक पहलकदमीमा बजेट बिनियोजनमा भूमिका निर्वाह गरेकै कारण मतदाताले मलाई न्यायपूर्ण व्यवहार गर्नुभएको छ ।
उनले लोकतान्त्रिक अभ्यासको कडीमा उभिएपछि जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने भन्दैै आफूले निर्वाचनमा व्यक्त गरेका प्रतिवद्धताहरु कहिल्यै नबिर्सने प्रण गरे ।










