23 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाप्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन
spot_img

प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन

spot_img

हेटौंडा/अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा बागमती प्रदेशस्तरीय मानवअधिकार रक्षक सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख चन्द्रकान्त चापागाईं थिए ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिश्वकर्मा, उच्च अदालत बार एसोसिएसन अध्यक्ष मनप्रसाद भट्टराई, प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडा, गैसस महासंघ मकवानपुर अध्यक्ष रमिला सापकोटा, निवर्तमान अध्यक्ष आरती पाठक, प्रेस चौतारी मकवानपुर अध्यक्ष सरिता दाहाल, जिल्ला बार एसोसिएसन निवर्तमान अध्यक्ष अप्सरा बस्नेत, माइती नेपाल कार्यक्रम संयोजक माया तामाङ, हिमराइट्स् कार्यक्रम संयोजक कुमारी वाइबा, सिविन प्रवन्धक झविन्द्र ज्ञवाली, एकल महिला समूह अध्यक्ष शारदा चौलागाईं, दलित महिला संघ अध्यक्ष पवित्रा बिश्वकर्मालगायत प्रतिनिधिको सहभागिता थियो ।

- Advertisement - Ad Banner

कार्यक्रममा वक्ताहरुले मानवअधिकारका विविध चुनौती, कानुन कार्यान्वयन, जातीय विभेद, लंैगिक हिंसा, बालअधिकार, पर्यावरणीय हक, तथा संक्रमणकालीन न्यायका मुद्धामा प्रभावकारी बहस–पैरवी गर्न नवगठित सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे । प्रमुख अतिथि चापागाईंले महिलाअधिकार, बालअधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक तथा यौनिक अल्पसंख्यकका अधिकारका क्षेत्रमा सञ्जालले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

इन्सेक संयोजक खकुरेल तथा प्रलेख अधिकृत बरुण बस्यालले मानवअधिकार अभिलेखन, अनुगमन, सामाजिक परिचालन, शिक्षा तथा नीतिगत् पैरवीमा संस्थाको योगदानबारे जानकारी दि“दै आगामी वर्ष प्रदेशभर ५० वटा अभियान सञ्चालन गर्ने लक्ष्य रहेको बताए । कार्यक्रमका सहभागी वक्ता प्रदेश बालअधिकार समिति सदस्य प्रकाश खतिवडा र रमिला सापकोटाले मानवअधिकार संरक्षणमा मानवअधिकार रक्षकको भूमिका महत्वपूर्ण बताउ“दै सञ्जाललाई प्रभावकारीरुपले सञ्चालन गर्न सुझाए ।

कार्यक्रमले बागमती प्रदेशस्तरमा २१ सदस्यीय नया“ मानवअधिकार रक्षक सञ्जाल गठन गरेको छ । नवगठित समिति संयोजकमा दीपेन्द्र ढकाल चयन भएका छन् भने सहसंयोजक नातिबाबु धिताल, सचिव सरिता दाहाल, कोषाध्यक्ष अर्जुन श्रेष्ठ चयन भए । सदस्यमा रुद्रबहादुर खड्का, बिनोद ढकाल, अस्मिता प्रजा, पवित्रा बिश्वकर्मा, बिन्दा कोइराला, कुमारी वाइबा, आश्मा भण्डारी, गोबिन्दप्रसाद न्यौपाने, सुमित्रा आचार्य, कृति पौडेल, अविनाश प्रजा, अञ्जना गिरी, बिमला गोपाली, पवन गौतम, आशीष बुढाथोकी, सीता मल्ल र शारदा चौलागाईं छन् ।

भेलाले चापागाईं, बिश्वकर्मा, ज्ञवाली, खतिवडा र सापकोटालाई सल्लाहकार चयन गरेको छ । कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा संस्था प्रतिनिधिको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि