25.3 C
Makwānpur
Homeबिचारनेपाली समाज र वडा दशै
spot_img

नेपाली समाज र वडा दशै

spot_img

दशैं पर्व सत्ययुगबाट शुरूवात भएको विश्वास गरिएको छ । साहित्यिक श्रोतअनुसार द्वापरयुगको समयमा लंकाका राजा रावणले मर्यादा पुरूष रामको अर्धांगिनी सीतालाई हरेर लग्यो । तब भगवान रामचन्द्रले वानर राज सुग्रिवसंग मितेरी सम्बन्ध गांसी ४०० कोषको समुन्द्रमा पुल हाली लंका पुगि रावणसंग युद्व गरि विजय पाई सीता लिएर फर्केको खुशी– यालीमा अयोध्यावासीले एउटा उत्सवको आयोजना गरे । त्यही उत्सव नै पछि गएर दशैं नामक चाडमा परिणत भएको जनविश्वास रहि आएको छ ।

दोश्रो कथन विश्वमा अशुरहरूले अत्याचार गर्न थाले । त्यस अत्याचारबाट छुटकारा पाउनका लागि ३३ कोटी देवताहरू मिली ब्रम्हाजीको अराधना गरेपछि ब्रम्हाजी प्रशन्न हुनुभयो । ३३ कोटी देवताहरूको संयुतm शतिmबाट १८ हातयुतm देवीको उत्पती गरि शुम्भ निशुम्भको बध गरि देवताहरूको उद्वार गरि धर्म राज्यको स्थापना भएको खुशीयालीमा देवताहरूले जुन उत्सवको आयोजना गरे, त्यही उत्सव नै पछि गएर दशैं नामक चाडमा परिणत हुन गएको विश्वास छ ।

- Advertisement - Ad Banner

रामले युद्व शुरू गरेको १० औ दिनको दिन रावणको निधन गरेको थियो । दशमीभन्दा भन्दै अपभ्रम्स भएर दशै नाम रहन गएको हो । दशै शव्दको २ वटा अक्षर देख्नासाथ मनमा शान्ति आउंछ । रामले रावणमाथि र देवीले दानवमाथि विजय पाएको खुशीयालीमा दशै पर्व मनाइन्छ । दशैलाई असत्यमाथि सत्यको विजय भनिन्छ ।

दशैलाई दशेहरा, दशाहारा, दशेरा, दसारा, वडा दशै, विजया दशमी आयुधप्रजा पनि भनिन्छ । दशै हिन्दुहरूको महान चाड हो । यो चाड आश्विन महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म शतिmको अराधना गरि दशमीको दिन आफूभन्दा मान्यजनको हातवाट रातो टिका, प्रसाद ग्रहण गर्ने चलन छ । यो चाड पूर्णिमासम्म मनाइन्छ ।

कसैले टीकाको १ दिन मात्र मनाउ“दछन् भने आश्विन प्रतिपदाको दिन जमरा राखिन्छ । ९ वटा देवीहरूको अलग अलग दिनमा विविध विधिबाट पुजा गरिन्छ । घटस्थापनाको पहिलो दिनमा शैलपुत्रीको, दोश्रो दिनमा ब्रम्हचारिणीको, तेश्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डादेवीको पाचौ दिन स्कन्दमाताको, छैटौ दिन कात्यायनीदेवीको, सातौ दिन कालरात्री, आठौ दिन महागौरीको, नवौ दिन सिद्वीदात्री देवीसहित नव दुर्गाको पुजा गरि सप्तशती चण्डीको पाठ गरिन्छ । त्यसपछि महालक्ष्मी, महाकाली र महासरस्वतीको विशेष अराधना गर्ने चलन छ ।

विजयादशमीको दिन देवीलाई चढाएको रातो टिका र जमरा लगाउने चलन छ । रातो टिकालाई सौभाग्य तथा विजय प्रतिकको रूपमा लिने गरिन्छ । विदेशमा भएका आफन्तहरू यस पर्वमा सुख,दुःख बा“ढनका आउछन् । त्यसैले पूर्णिमा सम्म यस पर्वलाई लम्बाइएको हो । दशैको शुरूवात हुनुभन्दा पहिला नै घरलाई सिगार पटार गर्ने, घरवरिपरि सफा सुग्घर राख्ने, नया“ कपडाहरू सिउन दिने, ज्वाइ“ छोरी, भाञ्जाभाञ्जि, इष्टमित्रहरू टाढा टाढावाट टीका लगाउनका लागि आउने भएको हुनाले बाटाघाटा सफा बनाउने, बाटाको दाया“ बाया“ कांडाहरू हटाउने, सिढी बनाउने जस्ता सामाजिक कार्यहरु पनि गरिन्छ ।

पहिलेको दशैमा स्थानीय तवरवाट तयार पारिएको परिकार हुन्थ्यो । कोही पनि प्रायः बिरामी पर्दैनथे । अहिलेको जस्तो किलिप र काटाले खाने चलन थिएन । फूलपातिको दिन सात पटक, अष्टमीको दिन आठ पटक, नवमीको दिन ९ पटक र दशमीको दिन १० पटक खानु पर्दछ भन्ने भनाई पनि थियो । प्रत्येक मानिस प्रत्येकको घरमा टिका लगाउन जान्थे । अघिपछि झैझगडा भए पनि दशैको अवसरमा सबै कुभावनाहरूलाई हांडीमा लुकाएर खोपामा राख्ने चलन थियो । एक आपसमा सुख दुःख बाढ्ने काम गर्दथे । दशैबाट स्नेह, आत्मीय भावना बढेर जान्थ्यो ।

प्राचिनकालमा दशै चैत महिनामा मनाउने चलन थियो । त्यस समय भनेको गर्मीको समय हो । खानपान पचाउन मुस्किल पर्ने हुन्थ्यो । पछि यस पर्वलाई आश्विन महिनामा सारिएको हो । आश्विन महिना भनेको ठण्डीको समय हो । यस पर्वमा शस्त्रको पनि पुजा गरिन्छ । दशमीको दिन भारतमा राम लीलाको आयोजना गर्दे रावणको पुत्ला बनाएर जलाइन्छ । दशैबाट काम, क्रोध, लोभ मोह, अहंकार, मद, आलस्य, हिंसा, चोरी, त्याग्न प्रेरणा दिन्छ ।
नेपाली समाजमा दशैको सामाजिक महत्व :

दक्षिण एसियाका अधिकांश देश कृषि प्रधान देश हुन् । नया“ बाली भित्र्याएको खुशीयालीमा नेपाल, भारत, भूटान, बर्मामा यो दशै पर्व मनाइन्छ । आश्विन शुक्ल प्रतिपदा देखि १० दिनसम्म जप, तप, शप्तशती चण्डीपाठ गरि दशै मनाइन्छ । दशैको पहिलो दिनलाई घटस्थापना भनिन्छ । सरकारले दशैको घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन सरकारी छुट्टि दिएको हुन्छ । यो नियम विशेष गरी शैक्षिक संस्थामा मात्र लागु भएको देखिन्थ्यो । सरकारी कार्यालयहरूमा यो नियम लागु
हुंदैनथ्यो । घटस्थापनाको पहिलो दिनदेखि दशमी सम्मको ९ दिनलाई नवरात्री र १० औ दिनलाई दशमी वा दशै भनिन्छ । दशमीवाट अपभ्रम्स भएर दशै हुन गएको हो । घटस्थापना (फूलपाती) सप्तमी महाअष्टमी (कालरात्री) महानवमी, विजया दशमी, कोजाग्रतपूर्णिमा यस महान पर्वको प्रमुख दिनहरू हुुन् ।
महासप्तमीको को महत्वः

नौरथाको सातौ दिनलाई फूलपाति भनिन्छ । सप्तमीको दिन वेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा ९ प्रकारका वस्तुहरू दशै घरमा भित्र्याउने कार्यलाई फूलपाति भित्र्याउने भनिन्छ । बर्षा ऋतुको अन्त्य र शरद ऋतुको आगमन हुने भएको हुनाले नया“ पातहरू घरमा ल्याउनाले किटाणुहरू नष्ट भएर जाने पनि विश्वास गरिएको छ । टुडिखेलमा बढाई, सरकारी तवरवाट भएपछि केरा, दारीम, धानको गाभा, वेसारको पात, माने, कर्चर, वेल, अशोक र जयन्ति ९ प्रकारका पातलाई पुजी दुर्गापुजा गरेको घरमा भित्र्याइन्छ ।

९ वटा पातमा आएर बस्न ९ दुर्गाहरूलाई अनुरोध गरिन्छ । इन्द्र, शिव, विष्णु श्रीरामले दानवहरूको बधका लागि नवरात्र ब्रत बसेका थिए । चन्दन, अक्षता, फूलले धानमा पुजा गर्दछन् । त्यसपछि धानको बोट काटेर घरमा ल्याउछन् । गोर्खा दरवारवाट फूलपाती ल्याई जमलमा राखिन्छ । सिपाहीहरूले बढाइ गरी जमलमा राखिएको
जमरा हनुमानढोका दरवारमा लगिन्छ ।
महाअष्टमीको महत्व :

नवरात्रीको आठौ दिनमा महाकालीको पुजा गरिन्छ । दक्षप्रजापतिको यज्ञ नास गर्नमा भद्रकालीको भूमिका महत्वपूर्ण रहेको देखिन्छ । पुजा पश्चात महाकालीलाई बोका, हा“स, रागोको बलि दिने चलन छ ।
मांसाशनं ये कुर्वन्ति तैः कार्य पशुहिंसंनम् :
महिषा जवराहाणां वलिर्दानं विशिष्यते

(देवीभागवत नवरात्र प्रकरण) मा उल्लेख गरिएको छ । शाहाकारीहरूले विशेष गरी कुभिण्डो, केरा, घिरौला चढाउ“दछन् । मनुष्मृति अनुसार अभ्यर्च्च पितृदेवानां खादन्मांसन दोषभाक भनिएको छ । महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्री भनिन्छ । उतm रात गुप्तरूपले पुजा गरिन्छ । काठमाडौको तलेजु भवानीको मन्दिरको लागि ७४ रागा र ७४ नै बोकाको बलि दिइन्छ । महाअष्टमीको दिन ठूला हतियारको पनि पुजा गरिन्छ । भगवतीको १८ वटा हातमा १८ वटा आयुध लिएको देखाइएको छ । जुन हिन्दुहरूका लागि महत्वपूर्ण छ । सुदूर पश्चिमको निङ्गलाशैनी मन्दिरमा १३०० रांगा र ४०० बोकाको बली चढाइन्छ ।
महानवमीको को महत्व :

महानवमीको दिन सिद्विदात्री देवीको पुजाआजा गरिन्छ । नवमीको दिन सवारीका साधनहरूको पुजाआजा र ९ जना कन्याहरूको पनि पुजा गरिन्छ । बलिको अर्थ त्यागी दिनु हो, काम, क्रोध, लोभ, मोह, अहंकार, मद, मात्सय, ईर्ष्या, द्वेष, छलकपट गरि १० अवगुण छोड्न पर्दछ । नवदुर्गाको प्रभाववाट खराव कामबाट टाढा रहन प्रेरणा दिन्छ । कामको प्रतिक बोको हो, क्रोधको प्रतिक रांगो हो, लोभको प्रतिक भेडो हो, मद्, मात्सर्यको प्रतिक कुखुरा र हा“सलाई मानिन्छ । यि कारणहरूवाट नै कामुकता, क्रोधिपन, लोभीपन, मोह र अहंकारी जस्ता नराम्रा भावनाहरू जागृत भएर जान्छन् । माथिका १० अवगुणहरूलाई देवीको मन्दिरमा लगेर अर्पण गर भन्ने हो । तर, मानिसले पशुलाई नै लगेर बलि चढाउछन् ।
टीका लगाउने समयमा आफूभन्दा ठूला मान्यजनबाट एक श्लोक वाचन गरिन्छ :
आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यनहुषे गतिश्च पवन मानञ्च दुर्योधने ॥
दानं सुर्यसुते वलं हलधरे सत्यञ्च कुन्तिसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां र्कीतिञ्च नारायणे ॥

द्रोण पुत्र अश्वथामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो ऐश्वर्य, हनुमानको जस्तो गतिशिलता, दुर्योधनको जस्तो मान, सुर्यपुत्र कर्णको जस्तो दान– वीरता, वलरामको जस्तो वल, कुन्तिपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो र्कीति तपाईले प्राप्त गर्न सक्नु होस् । कुभावना हटाउन नै टीका लगाइएको हो । सेतो शान्ति र

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि