19.3 C
Makwānpur
Homeबिचारदैनिक जीवनमा आवश्यक तुलसी र निम
spot_img

दैनिक जीवनमा आवश्यक तुलसी र निम

spot_img
तुलसी एक महत्वपर्ण वनस्पति हो । हिन्दुहरूमा तुलसीको महत्व ज्यादै रहेको पाईन्छ । प्रायःहिन्दुहरूले आफ्‌नो घरको अँँगनमा तुलसी रोप्ने गर्दछन् । नेपाल भारत मात्र होइन कि विश्वका प्रायः हरेक राष्ट्रहरुमा तुलसीलाई बिशेष महत्व दिएको पाईन्छ । सबैले तुलसीको पुजा आजा गर्दछन् ।
ग्रीसको इस्टर्न नामक चर्चमा तुलसीको पुजा हुन्छ । सम्पूर्ण बृक्षमा तुलसीको सर्वाधिक धार्मिक, आध्यात्मिक, आरोग्यलक्ष्मी एवम् शोभाको दृष्टिबाट तुलसीको मानव जीवनमा महत्वपूर्ण स्थान रहेको बताईन्छ । तुलसी भगवान नारायणको अति महत्वपूर्ण विरूवा हो । बृन्दा, विष्णुप्रिया, माधवी पनि तुलसीको नै नाम हो । धार्मिक तथा आध्यात्मिक महत्व त यसको छंदै छ आरोग्य हुनका लागि पनि यसको ठूलो महत्व छ ।
त्यसकारण यसलाई आरोग्यलक्ष्मी पनि भन्ने गरिन्छ । वायु शुद्व बनाउन पनि तुलसीले निकै सहयोग पुर्‍याएको हुन्छ । प्राणघातक रोग निको पार्न पनि तुलसीको प्रयोग गरिन्छ । तुलसीको जरामा लामखुट्टे भगाउने गुण रहेको हुन्छ । यसले मलेरिया रोगलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । तुलसीको पात र कालो मरिच पिधेर खानाले ज्वरो पनि निको हुन्छ । तुलसीको पत्ता दहीमा मिलाएर खानाले तौल गराउन मद्दत गर्दछ, भने शरीर चिलाउन कम हुने हुन्छ । शरिर राम्रो बन्छ, थकाई मेटाउछ, दिनभर शरीर फूर्तिलो बनाउन मद्दत गरेको हन्छ ।
यसले रगतको बृद्वि गर्न पनि सहयोग पुर्‍याउदछ भने ब्लडप्रेसर कम गर्न, पाचन शतिm वलियो पार्न र मानशिक रोगीलाई असाधारण सफलता मिल्छ । मासुमा महारोग लाग्यो भने तुलसीले राम्रो गर्दछ । कालो तुलसी सौन्दर्य बर्धक हुन्छ भने यसको सेवनबाट त्वचाको सबै रोग नष्ट गर्न सहयोगीसिद्व हुनेछ । तुलसीले खांसी, विषदोष, श्वास, पाखुराको सूल, वात, कफ, श—रीरको दुर्गन्ध हटाउन बढी उपयोगि हुन्छ । स्कन्धपुराण, पद्य्‌मपुराणको उत्तरखण्ड अनुसार जसको घरमा तुलसीको विरूवा हुन्छ, उतm घर तीर्थसरह नै हुन्छ ।
व्याधारूपि यमदूत पनि घरमा आउन सक्दैनन् । तुलसीले किडनीलाई पनि मजवुत पार्दछ । किड्नीमा भएको पत्थरी लाई पनि वलियो बनाउन सहयोग गर्दछ । प्रायः हरेक रोगलाई तुलसीले निको पार्दछ । व्लडप्रेसरलाई तुलसीले कम पार्दछ । उकालो हिड्न नहुने मानिसलाई पनि नियमितरूपमा तुलसी सेवन गर्नाले सजिलैसंग हिड्न सहयोग पुर्‍याउदछ । एउटा बच्चा बचपनवाट मन्दबुद्विको थियो । १६ वर्ष सम्म उसको उपचार भयो । उसको मन्दवुद्वि कम हुन सकेन । त्यसको उपचारस्वरु उसलाई तुलसीको नियमित सेवनबाट २ महिनाको अवधिमै उसको अवस्थामा निकै सुधार भयो । केहि समयपछि ऊ निकै बुद्विमानी भएर निस्क्यो ।
तुलसी पत्रको सेवनका साथै सुर्यको पनि नमस्कार गराएपछि स्वभावमा सुधार हुन सक्दछ । विभिन्न दाग, कुष्ठरोग तुलसीको प्रयोगबाट अद्भूत लाभ भएका प्रमाणहरू प्रशस्त रहेका छन् । तुलसीको डँँठ कम्मरमा बाध्नाले गर्भवती स्त्रीलाई निकै लाभ हुन जान्छ । प्रसव वेदना पनि कम हुन्छ भने बच्चा जन्माउने काम सजिलैसंग हुन्छ । तुलसीको पत्ता पिंधेर भातको माडसंग खाएमा प्रदररोग (एक किसिमको रोग) हराएर जान्छ ।
तुलसीको पत्तालाई पिसेर नीवको रसमा लगाउनाले दाद/खुजली निको भएर जान्छ । तुलसीको पाउडर तथा सुकेको अवलाको पाउडर पानीमा मिलाएर बिहानीपख छानेर उतm पानीले टाउको धुनाले सेतो कपाल कालो भएर जानेछ । कपाल पनि झर्नवाट रोकिन सक्दछ । आरोग्यदान गर्नमा तुलसीको महत्व ठूलो रहेको छ । हाम्रा खाली जमिनमा तुलसीको खेती गरी वृन्दावनको रूपमा विकास गर्दै जानु पर्दछ । जस्ले गर्दा वातावरणमा शुद्वता, पवित्र बनाएर स्वस्थ्य बनाउन सहयोग गर्दछ ।
नीम :
नीम एक बहुउपयोगी वृक्ष हो । नीमको जरा, फलपत्ता, फल आदि सबै वस्तु औषधि बनाउन अति उपयोगि बृक्ष हो । गरिव व्यतिmहरुका लागि नीम एकदम कल्पवृक्षको रूपमा प्रयोग गरि– एको पाईन्छ ।
नीमको महिमालाई निम्नबमोजिम प्रस्तुत गर्ने जमर्को गरेका छु ।
नीमको जराको उपयोगिता :
नीमको जरालाई पानीमा उमालेर पिउनाले ज्वरो पुरै निको भएर जानेछ ।
नीमको बोक्राको उपयोगिताः
नीमको बोक्रालाई पानीमा पिसेर लगाउनाले छालाको रोग निको हुन्छ । दाद तथा चर्मरोग ठीक पार्नका लागि तुलसीको प्रयोग गर्न सकिन्छ । सुख्खा लुतो निको पार्न पनि यसले सहयोग पुर्‍याउंदछ । सुकेको बोक्रालाई सुकाएर सिधे नुनमा पिसेर प्रत्येक दिन बिहान दँँत सफा गर्ने हो भने राम्रो हुन्छ । दँतसम्बन्धि सबै काम राम्रो हुन्छ । नीमको डँठबाट दँत सफा गर्नाले मुख गन्हाउने काम समाप्त हुन्छ भने दँँत बलियो हुनेछ । पाइरिया, मुख गन्हाउने, रगत आउने काम नीमको दतिवनबाट राम्रो हुन्छ ।
नीमको पातको उपयोगः
चैत महिनामा नीमको जुन कलिला पातहरू चपाएर खानाले रगत शुद्व पार्नमा सहयोग गर्दछ । मलेरिया ज्वरो पनि आउँदैन । दिनमा सूर्यको किरणको उपस्थितिमा नीमको पातले अक्सिजन छोडेर हावालाई शुद्व पार्दछ । नीमको वोटमुनि सुत्नाले शीतलताको अनुभव हुन जान्छ भने शरीर निरोगी रहन्छ । नीमको सुकेको धुलोमा एक ग्राम ज्वानु मिलाएर खानाले पेटका समस्याहरू हल भएर जानेछ । गाइ, भैसीको किरा परेमा नीमको पातलाई पिनेर नुनमा मिलाएर चार पँच दिन दिनाले किरा मरेर बाहिर आउँदछ । नीमको पातलाई पानीमा उमालेर घाउ सफा गर्नाले घाउ निको हुुन्छ
र किटाणुहरू मरेर जानेछ भने दुर्गन्ध हटेर जान्छ । नीमको पातलाई पानीमा उमालेर नुहाउनाले शरीरमा भएका सवै प्रकारका घाऊखटिराहरू नष्ट भएर जानेछ । नीमको पातलाई उमालेर २ चम्चा सक्करमा मिसाएर एकाबिहानै खानाले पिलिया रोगवाट बचाउन सकिन्छ । रसमा अलिकति मिश्रि मिसाएर खानाले लाभ पुग्न जानेछ ।
पत्तिको अन्य उपयोगः
नीमको पत्तालाई मकै, गहुँ चामलमा घुन, ईली, खपरा केहि लाग्दैन । कम्बल बचाउन पनि नीमको प्रयोग गर्न सकिन्छ ।
फल :
नीमको फल खानाले पेटसम्वन्धि कुनै पनि रोग लाग्दैन । फललाई डढाएर गाजलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
निवोरिया :
निवोरिया निमको एक किसिमको फल हो । निवोरियाबाट तेल पनि निस्कन्छ । धेरै किसिमका रोगहरूलाई निको पार्न यसले सहयोग पुर्‍याउँदछ । आगोले पोलेको ठाउँमा नीमको तेल लगाउनाले घाऊ चाडै निको हुन्छ । नीमको पातवाट नीमको सावुन पनि बनाइन्छ । यो साबुनले छाला रोग, घाऊको लागि राम्रो गर्दछ । पिसाएर बांकी रहेको छोक्रा रूखको फेदमा हाल्नाले डिएपीको काम गर्दछ । जुन विरूवामा हालियो त्यो विरूवाले प्रशस्त मात्रामा खुराक पाउंदछ भने सम्पूर्ण किसिमका हानीकारक किराहरू नष्ट पारीदिन्छ ।
नीमको रस :
निमको बोटबाट एककिसिमको रस निस्कन्छ । जसलाई मद भनिन्छ । रूवाको बत्ति बनाएर घाममा सुकाउनु पर्दछ । सुकेको बत्तिलाई सरसंयौको तेलमा राखेर बत्ति बाल्न सकिन्छ । नीमको गँँजल बनाएर आँखामा लगाउनाले आँखाको ज्योति बढेर जाने शक्ति प्राप्त हुन्छ ।
तना : नीमको बोटमा घुन लाग्दैन । सींकः नाक, कान, प्वाल पारी सकेपछि तीन/चार हप्ता, गरगहना लगाउनुभन्दा पहिला नीमको सींक लगाए पछि घाउ चाडै निको हुन्छ र घाउमा किरा पर्दैन ।
नीम एक बहुउपयोगी जडीवुटी हो । छिमेकी राष्ट्र भारतमा घुम्न जाँदा सडकको दायाँ बायाँ ठूलाठूला नीमको बोट लगाइएको पाइन्छ । नीमको उपयोगको बारेमा बयान गरी साध्य छैन । भारतीयहरू विशेष गरि नीमको डाँठवाट दाँत सफा पार्न चाहन्छन् । नियमितरुपमा जसले नीमको डा“ठ प्रयोग गरि दा“त सफा गर्दछन्, उनीहरूमा दा“तको समस्या देखा पर्दैन । नियमितरूपमा ४ पत्ता नीमको पात सेवन गर्ने हो भने सुगर तथा प्रेसरलागातयका रोगहरु देखा पर्र्दैन । हामीले नबुझेर मात्र दुःख पाइरहेका छौ । नीमको बोटवाट राम्रो हावा पाउन सकिन्छ । जति नीमको महत्व छ त्यस्तैगरी तुलसीको पनि महत्व छ । तुलसीमा भगवान विष्णुको अंश रहेको विश्वास गरिन्छ ।
तुलसीको पात नियमित रूपमा सेवन गर्ने हो भने ज्वरो पनि आउंदैन । नियमितरूपमा तुलसीको चिया पिउनाले पनि शरीरमा फाइदा पुग्न जान्छ । हाम्रो उपमहानगरपालिकाले गत वर्ष आफ्‌नो वडाभित्र फूलहरू लगायो । पछिसम्म फाइदाजनक हुने बिरुवाहरु तथा फूलहरु रोपेको भए राम्रो हुने थियो ।
यसो भन्दा पनि यो विरोधी गुटको रहेछ भनि टिका टिप्पणी आउन सक्दछ । नेपालमा राष्ट्रप्रेमी भावना भएका मानिसहरूको आगमन हुन सकेन । जसले गर्दा हामीहरूले दुःख पाइरहेका छौ । जे भएता पनि आगामी दिनमा सबैले सकारात्क सोच राख्दै कमि कमजोरीलाई सुधार गर्दै जानु पर्ने भएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि