17.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासडक मर्मत/सम्भार तालिम सम्पन्न
spot_img

सडक मर्मत/सम्भार तालिम सम्पन्न

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ मा कार्यस्थलमा आधारित सिपविकास तथा जीवनोपयोगी सडक मर्मत तथा सम्भार विषयक ५० दिने तालिम सम्पन्न भएको छ । तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको हो । कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रम रोजगार सेवाकेन्द्र हेटौंडा उपमहानगरपालिकाको आयोजना, सेवाप्रदायक संस्था मध्यविन्दु टेक्निकल इन्स्टिच्युट प्रालिको सहकार्यमा सञ्चालन गरिएको थियो । कार्यक्रम प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत् श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आर्थिक सहयोगमा भएको हो ।

- Advertisement - Ad Banner

समापन कार्यक्रममा प्रशिक्षार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा प्रशिक्षार्थीले तालिमबाट पाएको ज्ञान र सिप भविष्यमा रोजगार तथा आत्मनिर्भर जीवन निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रम वडा नम्बर–५ का सदस्य रामबहादुर राईको सभाध्यक्षता तथा वडा अध्यक्ष सुशील घिमिरेको विशेष आतिथ्यतामा भएको हो । तालिममा सहभागीले सडक मर्मत तथा सरसफाइसम्बन्धि व्यवहारिक तथा सैद्धान्तिक ज्ञान लिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रममार्फत् स्थानीय तहमा दक्ष जनशक्ति उत्पादन गर्ने र बेरोजगार युवालाई सिपमार्फत् आत्मनिर्भर बनाउने लक्ष्यलाई सार्थकता दिने विश्वास लिइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि