30.4 C
Makwānpur
Homeसमाज‘द जेनरेशन’ पोडकास्ट शोको पहिलो एपिसोड सार्वजनिक
spot_img

‘द जेनरेशन’ पोडकास्ट शोको पहिलो एपिसोड सार्वजनिक

spot_img

हेटौँडा | हेटौंडाबाट सञ्चालित पहिलो पोडकास्ट शो दाबी गर्ने ‘द जेनरेशन’ले आफ्नो पहिलो एपिसोड सार्वजनिक गरेको छ। यस एपिसोडमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनसँगको विशेष संवाद समेटिएको छ। यो पोडकास्टले समुदायका विषयवस्तु, स्थानीय नेतृत्व, र नयाँ पुस्ताको अनुभवलाई उजागर गर्ने उद्देश्य राखेको छ।

‘द जेनरेशन’मा होस्ट समेत रहेका पत्रकार बिशाल राज राई सम्पादकको रुपमा छन् । होस्ट समेत रहेका पत्रकार बसन्त भण्डारी सामाजिक सञ्जाल व्यवस्थापकको कार्य समालेका छन् भने अञ्जना न्यासुर तामाङ लेडी होस्टको रुपमा छिन ।

- Advertisement - Ad Banner

‘द जेनरेशन’ पोडकास्ट हरेक हप्ताको शुक्रबार दिउँसो ४:३० बजे नियमित रूपमा प्रसारण हुने सम्पादक बिशाल राज राईले जानकारी दिए । उनका अनुसार यस शोको मुख्य उद्देश्य स्थानीय नेतृत्व र युवापुस्ताको अनुभव तथा प्रेरणालाई प्रस्तुत गर्दै, हेटौंडा र वरपरका समुदायलाई ज्ञान र विचारमार्फत प्रेरित गर्नु हो।

पोडकास्टले समग्र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि नयाँ पुस्तालाई मञ्च प्रदान गर्ने मिशन राखेको राईले बताए । उनले भने,”जहाँ हरेक एपिसोडले गम्भीर विषयहरूलाई सरल र सहज रूपमा प्रस्तुत गर्नेछौ।”

‘सो’को यूट्युब राईट भने लाबा मिडियाले लिएको राईले जानकारी दिए । त्यस्तै, आफु र पत्रकारीता क्षेत्रमा १७ वर्ष भन्दा बढी काम गरेका पत्रकार रिपेश दाहाल सँगको पोडकास्ट दोर्शो एपिसोडमा आउने राईले बताए ।

सम्पादक राईका अनुसार तिन वटा मिडिया कम्पनीको सहकार्यमा यो पोडकास्ट सुरु गरिएको ।

 

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि